तेस्रो त्रैमसिक विबिरणको आधारमा उत्कृष्ट नाफा कमाउने १० वटा बैंकमध्ये कस्को वित्तिय सुचक कस्तो छ ? थाहा पाई राखौ !!

0_1494420852623_qUOTES.png
विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले धमाधम आफ्नो तेस्रो त्रैमसिक वित्तिये प्रतिबेदन प्रकाशित गरीरहेका छन। यसै पारीप्रेक्ष्यमा आज हामीले "क" वर्गका कमर्सियल बैंकको तेस्रो त्रैमसिक विबिरणको आधारमा उत्कृष्ट नाफा कमाउने १० वटा बैंकको विभिन्न १० वटा वित्तिय सुचकका आधारमा बैंकको प्रगतीलाई विश्लेशण गरेका छौ ।
पूंजीको आधारमा :
नेपाल राष्ट्र बैंकले "क" वर्गका वित्तिय संस्थाहरुको चुक्ता पूंजी अब आउने असार मसान्तसम्म ८ अर्ब बनाउन निर्देशन दिएकोले सम्पूर्ण वित्तिय संस्थाहरु अहिले बोनस , हक्प्रद आदि जारी गरेर वा एक आपसमा मर्जरको मध्यमबाट आफ्नो चुक्ता पूंजी बदाउन लागि परेका छन । तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार नेपाल इन्भेटमेन्ट बैंकले आफ्नो पूंजी ८ अर्ब पुर्याएको छ । हेरौ अरु कुन कुन बैंक को पूंजी कति छ र अब आउदो असार मसान्त सम्म कति पूंजी थप्नु पर्ने छ :
0_1494419238593_Slide1.PNG
चुक्ता पूंजी र जगेडा कोषको आधारमा :
कुनै पनि बैंकको वित्तिय अवस्था कतिको मजबुत छ भनेर हेर्नको लागि उक्त संस्थाको जगेडा कोष एउटा उतम सूचक हो। हरेक बैंक तथा वित्तिय संस्थाले चुक्ता पूंजीको दोब्बर नभएसम्म आफुले कुनै पनि वर्ष कमाएको नाफा बाट कम्तिमा २० प्रतिशत उक्त जगेडा कोषमा जम्मा गर्नु पर्ने प्राबधान छ । पूंजीको अनुपातमा जगेडा कोष धेरै भएका कम्पनीलाई वित्तिय अवस्था मजबुत भएको मान्न सकिन्छ । तेस्रो त्रैमासिक विवरण अनुसार नेपाल इन्भेटमेन्ट बैंक, नबिल बैंक,कृषि बिकाश बैंक र एभरेस्ट बैंकको जगेडा कोष चुक्ता पूंजी भन्दा धेरै छ । हेरौ अरु कुन बैंक को कस्तो छ चुक्ता पूंजी र जगेडा कोषको अवस्था :
0_1494419361616_Slide2.PNG
निक्षेप र कर्जा परिचालनको आधारमा :
निक्षेप संकलन गर्नु र उक्त निक्षेपलाई धेरै प्रतिफल आउने गरि कर्जाको रुपमा परिचंलन गर्नु सबै बैंकको मुख्य व्वासाय हो । जति धेरै निक्षेप संकलन गरेर कर्जा परिचालन गर्न सक्छ , उक्त बैंकले राम्रो आम्दानी गर्न सक्छ । यस आधारमा हेरौ कुन बैंकले कति निक्षेप संकलन गरि कति कर्जा लगानी गर्न सफल भए त तेस्रो त्रैमासिक विवरण अनुसार :
0_1494419439262_Slide3.PNG
खुद ब्याज आम्दानी :
ब्याज आम्दानीनै कुनै पनि बैंक तथा वित्तिय संस्थाको मुक्य आम्दानीको श्रोत हो । जति धेरै कर्जा लगानी गरि ब्याज आम्दानी बढ्छ बैंकको आम्दानी नि तेही अनुसार बढ्दै जान्छ । निक्षेपमा प्रदान गरिएको ब्याज खर्चलाइ कर्जाबाट भएको ब्याज आम्दानीमा घटाउदा खुद ब्याज आम्दानी आउछ। तेस्रो त्रैमासिक विवरण अनुसार खुद ब्याज आम्दानीको आधारमा कृषि विकास बैंकले अरु बैंकलाई पछि परेको देखिन्छ । खुद ब्याज आम्दानीले बैंकले संचालन र व्वासय विस्तारलाई देखाउछ । हेरौ कुन बैंक ले कति गरे खुद ब्याज आम्दानी :
0_1494419515474_Slide4.PNG
नाफाको आधारमा :
कुनै पनि बैंकले प्रकाशित गर्ने वितिय विवरणमा हरेक लगानीकर्ताको चासोको विषय रहेने गरेको छ उक्त संस्थाले कमाएको नाफा / नोक्सान। तेस्रो त्रैमासिक विबरण अनुसार नबिल बैंकले २ अर्ब ६८ करोड नाफा गर्दै अरु बैंकलाई पछि परेको छ । हेरौ अरु कुन कुन बैंक ले कति गरे नाफा :
0_1494419558173_Slide5.PNG
प्रति सेयर आम्दानी (EPS):
कुनै पनि बैंक प्रति सरोकार राख्ने लगानीकर्ता हुन् वा सेयरधनी प्रति सेयर आम्दानी एउटा नाफाको मुख्य माप हो अहिले राष्ट्र बैंकको निर्देशन अनुसार हरेक बैंकले पूंजी थप्दै गईरहेकाले प्रति सेयर आम्दानीमा उतार- चदाब देखिन गएको छ। नबिल बैंकले प्रति सेयर आम्दानी ५८ रुपिया २२ पैसा कायम गर्दा अरु बैंक हरुले कति कायम गरे प्रति सेयर आम्दानी । हेरौ तलको विबरणमा :
0_1494419618719_Slide6.PNG
प्रति सेयर नेटवर्थ ( Net Worth Per Share )
कुनै पनि बैंक वा कम्पनीको वित्तिय स्थितिको संकेत प्रति सेयर नेटवर्थले जनाउछ । कुनै पनि बैंकको सेयरमा लगानी गर्दा उक्त सस्थाको वित्तिय सुरक्षा मापन गर्न एक अनुपात प्रति सेयर नेटवर्थ पनि हो। नबिल बैंकको प्रति सेयर नेटवर्थ २३१ कायम गर्दै उत्कृष्ट हुदा अरु बैंकहरुले कति कायम गरे प्रति सेयर नेटवर्थ हेरौ तलको चित्रमा :
0_1494419829805_Slide9.PNG
मूल्य आम्दानी अनुपात (P/E Ratio ):
१ रुपिया आम्दानी गर्न तपाइँले कुनै पनि कम्पनीको सेयर खरिद गर्ने तिर्नु भएको मूल्यलाइ मूल्य आम्दानी अनुपात भनिन्छ । यो मूल्य आम्दानी अनुपात जति कम भयो उक्त कम्पनी लगानीका लागि आकर्षक बन्दै जान्छ । तर मूल्य आम्दानी अनुपात तुलना गर्दा एउटा क्षेत्रका कम्पनी बीच गर्दा राम्रो हुन्छ । तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार नेपाल एसबीआई बैंकको मूल्य आम्दानी अनुपात ४९.०४ छ भने ग्लोबल आइएमई बैंकको १५.७५ मात्र छ । हेरौ अरु बैंक को कति छ मूल्य आम्दानी अनुपात :
0_1494419665176_Slide7.PNG
पूंजी कोष अनुपात ( Capital Adequacy Ratio - CAR)
कुनै पनि बैंक तथा वित्तिय संस्थाको जोखिमको मुल्याकंन गर्न पूंजी कोष अनुपातको गणन गरिन्छ । राष्ट्र बैंकको नियम अनुसार गणन गरिएको जोखिम भारित सम्पतिमा पूंजीको योगदान कति रहेको छ भन्ने कुरा पूंजी कोष अनुपातले देखाउछ । हेरौ कुन बैंकको पूंजी कोष अनुपात कति रहेको छ :
0_1494419884883_Slide8.PNG
इक्विटीमा प्रतिफल (Return On Equity - ROE)
कुनै पनि बैंक तथा वित्तिय संस्थाको कार्यसम्पादनको मापन गर्ने एक सजिलो उपायमा इक्विटीमा प्रतिफललाई लिन सकिन्छ। तेस्रो त्रैमासिक अनुसार २८.३३ इक्विटीमा प्रतिफल कायम गर्दै फेरी पनि नबिल बैंक उत्कृष्ट हुन सफल भएको छ इक्विटीमा प्रतिफलको आधार मा पनि । हेरौ अरु कुन बैंक ले कति कायम गरे इक्विटीमा प्रतिफल :
0_1494419985026_Slide10.PNG
आशा छ माथिको विश्लेषणले लगानीकर्ताहरुलाई क वर्गका कमर्सियल बैंकमा लगानी गर्नु पुर्व बैंकको वित्तिय अवस्था थाहा पाई सुरक्षित लगानी गर्न मद्दत पुग्ने छ भनी।
केही सुझाव भएमा तल कमेन्ट बक्समा लेख्नु होला।
[२०७४-०१-२६ गते सम्म प्रकाशित तेस्रो त्रैमसिक विबिरणको आधारमा]

0 Comments