सिद्धार्थ लगानी बृद्धि योजना १ ले बर्ष २०७३ मा कस्तो गर्यो प्रगति ? हेरौ तथ्याङ्क सहितको विश्लेषण

0_1493624663433_qUOTES.png
सेयर बजारमा लगानी गर्न चाहने तर यससम्बन्धी धेरै ज्ञान, सीप र ठूलो रकम नभएका व्यक्तिहरु बीच छरीएेर रहेको पुजी जम्मा गरेर व्यावसायिक रुपमा सेयर बजारमा लगनी गरी लगानीकर्तालाई योजना अबधिमा नियमित र सन्तुलित प्रतिफल दिने उदेश्यले इस्बी सम्बत् २०१२ देखी सन्चालनमा आएको ५ बर्ष समय अबधि रहेको एक बन्दमुखी योजना हो। आज हामीले सिद्धर्थ लगनी वृद्धि योजन १ ले बिक्रम सम्बत २०७३ सालमा प्रकाशित गरेका मासिक प्रतिबेदन्हरुको मुख्य मुख्य सुचकरुको विश्लेषण गरेका छौ।
सेयर बजारमा आउने उतारचादाब बिच पनि म्युच्युल फन्डहरुले कसरी सुरक्षित लगनी गरी रहेका छन र तेसबाट अरु लगनीकर्ताले पनि सिक्न सक्ने थुप्रै पाठ रहेकाछ्न ।
धितोपत्रमा गरिएको लगानी अवस्था:
धितोपत्रमा लगनी भन्नाले म्युच्युल फन्डले दोस्रो बजारमा गरेको लगनी, साधारण निस्कासन, हक्प्रद एबम मुद्धती निक्षेपमा राखेको रकमलाई जनाउछ । सिद्धार्थ लगानी वृद्धि योजना १ ले पनि बजारको उतरचाडब संगै आफ्नो लगानीलाई परिवर्तन गर्दै आईरहेको छ। बर्ष को सुरुवातमा जब बजार माथि उक्लदै गर्दा यस ले पनि लगानी बदाएको देखिन्छ। तर जब बजार तल लग्न थालयो यसको मूल्यांकन भारी मात्रामा घटेकोछ । सेयर बेचेका कारण पनि यो रकममा गिरावट आएको हुन सक्छ। यसले पछीलो समय साधारण निस्कासन एबम हक्प्रद मा पनि लगानी बदाउदै लाग्नुका साथै गत फाल्गुन महिनादेखी मुद्धती निक्षेप मा पनि केही रकम राखेको छ ।
हेरौ २०७३ साल मा यसले गरेको धितोपत्रमा लगानी:
0_1493624128915_Slide1.png
बैंकमा रहेको नगद मौजदत को विवरण:
बैंकमा रखिएको नगद्को पारीमण जती धेरै हुन्छ, धितोपत्र बजारमा गरिएको लगानी कम हुन जान्छ । बैंक मौजदतको आकार घटाएको महिना बजारमा लगानी गरिरहेको र बैंक मौजद्दत को आकार बादाउदा बजारमा लगनी कम गरेको आँकलन गर्न सकिन्छ। बैंक मौज्दत धेरै मात्र मा हुँदा यसबाट आउने प्रतिफलमा कमी हुन जान्छ।
हेरौ २०७३ सालमा बैंकमा रहेको नागद मौजदत्को विवरण :
0_1493624278625_Slide2.png
प्रति ईकाई खुद मूल्यमा भएको परिवर्तन :
स्वभभिक रुपमा बजारमा आउने उतारचडाब अनुसार प्रति ईकाई खुद मूल्यमा नि परिवर्तन आइरहेको हुन्छ ।
हेरौ २०७३ सालमा प्रति ईकाई खुद मूल्यमा भएको परिवर्तनको ट्रेन्ड चित्र :
0_1493624336870_Slide3.png
प्रति ईकाई खुद मूल्य र बजार मूल्यको सम्बन्ध :
बजारमा आउने परिवर्तन सँगै प्रति ईकाई खुद मूल्य र बजार मूल्यमा तल माथि भईरहेको हुन्छ । बर्ष भरी हेर्दा यस योजनाका ईकाइहरु छुट मुल्यमै किन्न पैरहेको देखिन्छ। मङ्सिर महिना बहेक अरु महिना हरु मा छुटमा ईकाइहरु उप्लब्ध थिए।
हेरौ प्रति ईकाई खुद मूल्य र बजार मूल्यको सम्बन्ध तल को ट्रेण्ड चित्र बाट :
0_1493624381306_Slide4.png
खुद नाफा/नोक्सान विवरण :
बर्षको पहिलो चार महिना जब बजारले अहिले सम्मको उचत्तम बिन्दु हसिल गर्दै गर्दा यस योजनाले राम्रो मुनाफा आर्जान गरेकोमा तेस्पछी नोक्सानीमा सन्चालित छ। बजारमा आईरहेको उतारचडाप सँगै येस्को नोक्सानी पनि तल माथि भएपनी नाफा आर्जान गर्न सकेकोछैन ।
हेरौ २०७३ सालमा कुन महिना कती नाफा र कती घाटामा छ :
0_1493624434043_Slide5.png
हेरौ २०७३ साल भरि लगानी गरिएको कम्पनीको संख्या र लगानी गरिएको सेयर कित्ता संख्या :
0_1493624467171_Slide6.png
लगानी गरिएको क्षेत्र कम्पनीको संख्या आधारमा :
चैत्र मसान्तको रिपोर्ट अनुसार यस योजनाले सब भन्दा धेरै कमर्शिएल बैंकहरुमा लगनी गरेको पाईन्छ।
हेरौ अरु कुन कुन क्षेत्रको कम्पनीमा लगनी गरेको छ यस योजनाले :
0_1493624515355_Slide7.png
-------------------------------------------------------------------------------------------------------------------------
यहाँहरूको प्रतिक्रिया तथा सुझावका लागि तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला ।

0 Comments