ग्लोबल आइएमई बैंकको बिगत ५ वर्षको वित्तिय सूचकको ट्रेन्ड कस्तो छ ? थाहा छ ? छैन भने एक पटक अबस्य हेर्नु होस र सुरक्षित लगानी गर्नुस !!!


0_1493473003190_qUOTES - Copy (2).png
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्य लिएको ग्लोबल आइएमई बैंक नेपालको एक अग्रणी वितिय संस्था हो । इस्वी सम्बत २००७ सालमा ग्लोबल बैंकको रुपमा स्थापित यस बैंकले पछि आइएमई फाइनान्स र लर्ड बुद्ध फार्इनान्सलार्इ आफुमा गाभ्दै ग्लोबल आइएमई बैंक भएको हो । हाल यस बैंकले ९४ शाखा, ६ एक्सटेन्सन काउण्टर, १० राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १०६ एटिएम टर्मिनल, तथा ४४ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
स्थापनाकाल देखि नै राम्रो व्यवसाय गर्दै लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आइरहेको ग्लोबल आइएमई बैंकको बिगत पांँच बर्षको वासलात तथा अन्य सूचकहरुको विश्लेषण हेरौ :
चुक्ता पुंजी तथा जगेडा कोषको विवरण:
आ.व ६९/७० मा २ अर्ब १० करोड रहेको चुक्ता पुजीलाई ग्लोबल आइएमई बैंकले समय अनुसार आकर्षक बोनस सेयर तथा विभिन्न अरु वित्तिय संस्था संगको मर्जरका मध्यमबाट अहिलेसम्म आउदा ७ अर्ब २४ करोड पुराएको छ । नेपाल राष्ट्र बैंकले दिएको पुंजी ८ अर्ब पुर्याउने समय सिमा अघि नै यस बैंकले सजिलै आफ्नो पुंजी ८ अर्ब बनउने भएको छ , जसका लागि रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भई प्रकृयामा रहेको छ ।
यस्तै जगेडा कोष पनि यस वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार ३ अर्ब १२ करोड बराबर को छ । यसले बैंकको मजबुत वित्तिय अवस्था झल्काउँछ।
हेरौ बिगत ५ बर्षमा ग्लोबल आइएमई बैंकको चुक्ता पुंजी तथा जगेडा कोषको विवरण:
0_1493474185580_Slide1.png
निक्षेप , कर्जा तथा खुद ब्याज आम्दानीको विवरण :
निक्षेप तथा कर्जाको परिणाम समयअनुसार बढाउदै लागेको देखिन्छ. यसले बैंकले पुजी बढे अनुसार र समय अनुसार आफ्नो ब्यापर बढाउदै लागेको थाहा पाउन सकिन्छ। बैंकमा जम्मा हुन आएका निक्षेपलाई अधिकतम प्रतिफल आउने गरि लगानी बढाऊन बैंक सफल भएको यसले संकेत गर्दछ । यस्तै खुद ब्याज आम्दानी पनि समग्रमा निक्षेप र कर्जा संगै बढ्दै गइरहेको देख्न संकिन्छ ।
हेरौ बिगत ५ बर्षमा ग्लोबल आइएमई बैंकको निक्षेप , कर्जा तथा खुद ब्याज आम्दानीको विवरण :
0_1493474211648_Slide2.png
चुक्ता पुंजी तथा खुद नाफाको विवरण:
बैंकले हरेक साल बोनस सेयर वितरण गरेर एबम् विभिन्न वित्तिय संस्थालाई मर्ज गरेर पुजी बढाउदै लागेको छ । पुजी बढे संगै खुद नाफा पनि बढाउँदै लागेको छ। विभिन्न वित्तिय संस्थालाई मर्ज गरेर आउदा आ.व ७१/७२ मा नाफा अघिल्लो साल ७०/७१ जति नै रहेको देखाउँछ। तेसपछिका बर्षमा बैंकले खुद नाफामा उलेख्य प्रगति गरेकोछ।
हेरौ बिगत ५ बर्षमा ग्लोबल आइएमई बैंकको चुक्ता पुंजी तथा खुद नाफाको विवरण:
0_1493474229939_Slide3.png
प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपातको विवरण:
व्यवसाय बढाउन एबम् चुक्ता पुँजी बढाउन विभिन्न अरु वित्तिय संस्था संगको मर्जर गर्ने सिलसिला चली रहेकोले यस बैंकको प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपात तल माथि भईरहेको देख्न सकिन्छ।
हेरौ बिगत ५ बर्षमा ग्लोबल आइएमई बैंकको प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपातको विवरण:
0_1493474252434_Slide4.png
प्रति सेयर नेटवर्थ र बजार मूल्य विवरण:
यस बैंकले पुंजी बढाउन मर्जरलाई बढि जोड दिँदा यसको सेयर संख्या बढ्दै गएकोले प्रति सेयर नेटवर्थ तल माथि भैरहेको देख्न सकिन्छ । बजारमा उपलब्ध सेयरको संख्या पनि ठुलो मात्र भएकोले र यसको पुंजी ८ अर्ब नजिक रहेको कारणले गर्दा यसले अब कुनै पनि हकप्रद सेयर नदिने र अबका दिनमा नगद लाभंशमा जोड दिने सोचाई आम लगानीकर्तामा देखिदा यसको बजार मूल्य धेरै मात्रामा उतारचडाव देखिँदैन।
हेरौ बिगत ५ बर्षमा ग्लोबल आइएमई बैंकको प्रति सेयर नेटवर्थ र बजार मूल्य विवरण:
0_1493474268311_Slide5.png
लाभंशको विवरण :
यस बैंकले आफ्नो लगानीकर्तालाइ हरेक साल रामो प्रतिफल दिदै आइरहेको छ । पुजी बढाउने नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप यस बैंकले पनि लगानीकर्तालाई अहिले सम्म बोनस सेयर दिदै आइरहेको छ । अब भविष्यमा नि व्यवसाय बढाउन र पुँजी कोष अनुपात कायम गर्न नि यसले भविस्यमा राम्रो बोनश सेयर एबम नगद लाभांष नि दिने देख्न सकिन्छ ।
हेरौ बिगत ४ बर्षमा ग्लोबल आइएमई बैंकको लाभंशको विवरण :
0_1493474287534_Slide6.png

0 Comments