आर्थिक बर्ष २०७३/७४ को बैशाखसम्म आइपुग्दा सरकारले गरेको आम्दानी खर्चको विवरण

नेपाल सरकारले आर्थिक बर्ष २०७३/७४ को बैशाखसम्म आइपुग्दा सरकारले जम्मा २६ प्रतिशत मात्र विकास खर्च गरेको छ जबकी विकास खर्चको लागि यो वर्ष ३ खर्ब विनियोजन भएको थियो । यो तथ्यांकले के देखाउछ भने विकास खर्च बढाउन गत बर्ष जेठ १५ मा बजेट ल्याएपनि लक्ष्य अनुसारको विकास खर्च गर्न सरकार असफल भएको छ । यो पटकपनि वर्षको अन्तिममा विकास खर्च सक्ने पुरानो रोग कायम हुने देखिएको छ । कर्मचारीको तलबभत्तामा खर्च हुने चालु खर्चको लागि यो वर्ष ६ खर्ब १७ अर्ब विनियोजन भएकोमा अहिले सम्म ५२ प्रतिशत रकम खर्च भैसकेको छ । उता आन्तरिक एबम बाह्य ऋणको सवा र ब्याज भुक्तानी गर्नको निम्ति १ खर्ब विनियोजन भएको अहिलेसम्म ३३ प्रतिशत मात्र खर्च भएको तथ्यांक महालेखा नियन्त्रक कार्यालयले प्रकाशित गरेको छ । खर्च गर्न असफल भएपनि सरकार आम्दानीमा सफल देखिएको छ । सरकारले यो वर्ष राजस्वबाट ५ खर्ब ६५ अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएकोमा अहिले सम्म ७४ प्रतिशत उठाउन सफल भएको छ । अब हेरौ महालेखा नियन्त्रक कार्यालयले प्रकशित गरेको तथ्यांक :
0_1492608290033_Govt Expenditure and Revenue.png0  

0 Comments