निर्जीवन बीमा कम्पनीहरुको वित्तिय अवस्था कस्तो छ ? तेस्रो त्रैमासिक विवरणको विस्तृत विश्लेषण र्यांङ्किङ्ग सहित

0_1495128851244_qUOTES.png
नेप्सेमा सुचिकृत अरु संस्थाहरुझैँ बीमा कम्पनीहरुले पनि हरेक त्रैमासिक र वार्षिक रुपमा वित्तिय विवरण प्रकशित गर्ने गरेका छन् । बैंकहरुभन्दा फरक प्रकृतिको व्यावसाय गने यी सांस्थाको वित्तीय विवरण बुझ्न पनि केही जहिल रहेको मानिन्छ । आज हामीले नेप्सेमा सुचिकृत निर्जीवन बीमा कम्पनीहरुले हालसालै प्रकशित गरेका तेस्रो त्रैमासिक विवरण अनुसार विभिन्न वित्तिय सुचुक सरल रुपमा प्रस्तुत गर्ने प्रयाश गरेका छौ ।
चुक्ता पूंजी
कुनैपनि संस्थाको सेयरमा लगानी गर्नु अगी तेस संस्थाको चुक्ता पूंजी हेर्नु जरुरी हुन्छ । हालै बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीको चुक्ता पूंजी वृद्धि गर्न निर्देशन दिएको छ । उक्त निर्देशन अनुसार हरेक निर्जीवन बीमा कम्पनीले आ.व २०७५ साल सम्म आफ्नो चुक्ता पूंजी रु १ अर्ब पुरयाउनु पर्छ । अहिले संचालनमा रहेका कुनै पनि निर्जीवन बीमा कम्पनीले उक्त तोकिएको चुक्ता पूंजी पुराएका छैनन् । सबभन्दा धेरै चुक्ता पूंजी शिखर इन्सुरेन्सको रहेको छ जसले अब १८.२३ ५ पूंजी मात्र बदाउन बाकी छ । जसको धेरै थप्नु पर्ने छ उसले धेरै हकप्रद, बोनस सेयर दिने आश लगानीकर्ताले गर्न सक्छन र तेसै अनुरुप लगानी गर्न सक्छन । हेरौ कुन कम्पनीको हालको चुक्ता पूंजी कति रहेको छ र अरु कति पूंजी थप गर्नु पर्ने छ :
0_1495128297527_Paid Up.png
जगेडा तथा बीमा कोष
हरेक साल आर्जन गरेको नाफाबाट बीमा कम्पनीहरुले केहि प्रतिशत रकम जगेडा कोष तथा बीमा कोषमा सरेका हुन्छन् । यी कोष जति धेरै भयो बीमा कम्पनीको आर्थिक अवस्था तेती सबल रहेको मानिन्छ । राष्ट्रिय बीमा कम्पनीको सबै भन्दा धेरै जगेडा तथा बीमा कोष रहेको छ । हेरौ तेस्रो त्रैमासिक विवरण अनुसार अरु कुन निर्जीवन बीमा कम्पनीको कति छ जगेडा तथा बीमा कोष :
0_1495128348675_Reserve.png
खुद बीमा शुल्क तथा दिर्घकालिन लागनी र कर्जा
बीमा शुल्क हरेक बीमा कम्पनीको प्रमुख आम्दानीको श्रोत रहेको हुन्छ । खुद बीमा शुल्क भन्नाले बीमा कम्पनीले जारि गरेको बीमालेखहरुको पुनर्बीमा बापतको शुल्क भुक्तान गरे पछि आउने रकम हो । पुनर्बीमा कति मात्रमा गर्ने भन्ने कुरा हरेक कम्पनीको व्यावस्थापनको निर्णय र उसको जोखिम बहन क्षमतामा भर पर्छ । बीमा कम्पनीहरुले मुख्य रुपमा दिर्घकालिन लागनी गरेर तथा कर्जा उपलब्ध गराएर आम्दानी गरेका हुन्छन् । यस्तो दिर्घकालिन लागनी र कर्जा जति धेरै भयो उक्त कम्पनीको आम्दानी धेरै हुन्छ । तेस्रो त्रैमासिक अनुसार शिखर इन्सुरेन्सले सबभन्दा धेरै खुद बीमा शुल्क आर्जन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले सबभन्दा धेरै दिर्घकालिन लागनी र कर्जा गरेको छ। । हेरौ अरु कुन कम्पनीको अवस्था कस्तो छ :
0_1495128373322_insurance premium.png
खुद नाफा
हरेक संस्था नाफा आर्जन गर्ने उदेश्य सहित संचालन गरिएका हुन्छन् । कुनैपनि बीमा कम्पनीमा लगानी गर्नु अघि लगानीकर्ताले हेर्ने प्रमुख वित्तिय सूचक मध्ये खुद नाफा रहेको हुन्छ । व्यावस्थापन जति उत्कृष्ट हुन्छ , उक्त कम्पनीको खुद नाफा पनि धेरै हुन्छ । तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार शिखर इन्सुरेन्सले सबै भन्दा धेरै खुद नाफा आर्जन गर्न सफल भएको छ । हेरौ अन्य कुन कुन निर्जीवन कम्पनीले कति गरे खुद नाफा :
0_1495128453121_Net Profit.png
बाँकी दाबी भुक्तानी
हरेक प्रकारका बीमा कम्पनीमा बिमितले दाबी भुक्तानी माग गरि रहेका हुन्छन् । भूकम्प यता धेरै निर्जीवन बीमा कम्पनीले ठुलो मात्रमा दाबी भुक्तानी दिनु परेको छ । हेरेक दाबी बापत भुक्तानी दिनुनै पर्ने भन्ने हुन्न तर कहिले काही दाबी धेरै हुदा कम्पनीलाई भुक्तानीमा समस्या पर्न सक्छ । तेसैले लगानी गर्नु अघि कति दाबी भुक्तानी बाकी छ हेर्नु उतम हुन सक्छ । तेस्रो त्रैमासिक विवरण अनुसार सबै भन्दा धेरै दाबी भुक्तानी दिनु पर्ने रकम हिमालयन जेनेरल इन्सुरेन्सको रहेको छ तथा दाबी भुक्तानी संख्याको आधारमा धेरै शिखर इन्सुरेन्सको रहेको छ । केहि बीमा कम्पनीले महाभूकम्पको बेलाको दाबी भुक्तानी अझ बाँकीरहेको देखिन्छ । हेरौ तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कुन निर्जीवन कम्पनीको बाँकी दाबी भुक्तानीको अवस्था कस्तो रहेको छ :
0_1495128484852_out standing claim.png
प्रति सेयर नेटवर्थ
यो लगानीकर्ताले विशेष चासोका साथ हेर्ने वित्तिय सुचुक हो । यसले भनेको कम्पनीको वास्तविक प्रति सेयर किताबी मूल्य देखाउछ । यो जति धेरै हुन्छ कम्पनी तेती राम्रो र उत्कृष्ट रहेको भनेर बुझ्न सकिन्छ । तेस्रो त्रैमासिक विवरण अनुसार सबभन्दा धेरै प्रति सेयर आम्दानी राष्ट्रिय बीमा कम्पनी को रहेको छ भने सब भन्दा थोरै एन.बि इन्सुरेन्सको रहेकोछ । हेरौ अरु कुन निर्जीवन बीमा कम्पनीको कति रहेको छ प्रति सेयर आम्दानी :
0_1495128534886_networth.png
प्रति सेयर आम्दानी तथा मूल्य आम्दानी अनुपात
हरेक पटक प्रकाशित हुने वित्तिय विवरणमा लगानीकर्ताले चासोका साथ हेर्ने वित्तिय सुचाकमा प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपात रहेका हुन्छन् । प्रति सेयर आम्दानी जति धेरै भयो तेती राम्रो हुन्छ भने मूल्य आम्दानी अनुपात कम भएको राम्रो मनिन्छ । निर्जीवन बीमा कम्पनी मध्ये प्रति सेयर आम्दानीमा राष्ट्रिय बीमा कम्पनी एक नम्बरमा रहन सफल रहेको छ भने मूल्य आम्दानी अनुपात आधारमा नेपाल इन्सुरेन्स कम्पनी पहिलो भएको छ । तेस्रो त्रैमासिक विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुको औषत मूल्य आम्दानी अनुपात ५७.६७ रहेको छ । हेरौ अरु कुन कुन निर्जीवन बीमा कम्पनीको कस्तो छ :
0_1495128562481_EPS AND PE RATIO.png
लाभांश
हेरेक कम्पनीले वर्ष भरि कमाएको नाफाबाट आफ्नो सेयरधनीलाई वार्षिक रुपमा नाफा दिने गर्दछ । जुन कम्पनीले धेरै लाभंश घोषण गर्छ लगानीकर्ताको लगानी तेस्तै कम्पनीमा धेरै हुने गरेको छ । आ.व २०७२र७३ सालको नाफाबाट कम्पनीले लाभंश घोषणा गर्ने क्रम चलिरहेको छ । हालसम्म लाभंश घोषणा गर्ने निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्सुरेन्सले सबभन्दा धेरै ६० % बोनस सेयर र तेस्मा लाग्ने कर बापत ३.१५ % नगद लाभंश घोषणा गरको छ । हेरौ अरु कुन कुन निर्जीवन बीमा कम्पनीले कति दिए लाभंश :
0_1495128600538_Dividend.png
प्रति सेयर बजार मूल्य
कम्पनी जति सुकै रामो भए पनि बजार मूल्यले लगानीकर्ताको लागनी निर्धारण गरेको हुन्छ । यदि बजार मूल्य धेरै नै छ भने कमै मात्र लगानीकर्ताले उक्त कम्पनीको सेयरमा लगानी गर्ने आंट गर्छ । अहिले निर्जीवन बीमा कम्पनी तर्फ राष्ट्रिय बीमा कम्पनीको बजार मूल्य १४५०० हाराहारी छ भने अरु कम्पनी १००० देखि २००० प्रति कित्ता कारोबार भैरहेकाछन । हेरौ अहिलेको बजार मूल्य अनुसार कुन कम्पनी कतिमा कारोबार भैरहेको छ :
0_1495128635813_Market Price.png
हामीले नेप्सेमा सुचिकृत निर्जीवन बीमा कम्पनीको तेस्रो त्रैमासिक विवरणका प्रमुख वित्तिय सूचकहरुलाई केलाउने प्रयास गरौ । आशा छ यस विश्लेषण बाट लगानीकर्ताहरुले इन्सुरेन्स कम्पनी बिशेष गरि निर्जीवन बीमा कम्पनीमा लगानी गर्नु पुर्व के के कुरामा विचार गर्नु पर्छ र अहिलेको वर्तमान अवस्थमा कुन निर्जीवन बीमा कम्पनीको वित्तिय अवस्था कस्तो रहेको छ भनेर जानकारी पाउनु भयो होला ।
माथिको विश्लेषण पदिसके पछि कुन चै निर्जीवन बीमा कम्पनीमा लगानी गर्ने सोच्नु भयो ? आउनु होस् तल कमेन्टमा आफ्नो छनौटको निर्जीवन बीमा कम्पनी लेख्नुस र छलफल गर्दै सुरक्षित लगानी गरौ !!!

0 Comments