0_1495444957928_Market Cap.png
नेपाली सेयर बजारको मापक नेप्से परिसूचक सबै लगानीकर्ताको चासोको बिषय रहने गरेको छ । नेप्से परिसूचकमा समय अनुसार विभिन्न आर्थिक, राजनीतिक तत्वको प्रभावका कारणले उतारचढाव आइरहेको हुन्छ । गत वर्षको साउन १२ गते अहिले सम्मको उच्चतम विन्दु १८८१ कायम गरेपछि नेप्से परिसूचकमा धेरै उतारचढाव आइरहेको छ । नेप्से परिसूचकमा आउने उतारचढावसंगै लगानीकर्तामा उत्साह एबम निराशा आउने गरेको छ ।
बजारमा धेरै लगानीकर्ता विशेष गरि नवप्रवेशी लगानीकर्ताले नेप्सेमा आउने उतारचढाव संगै आफ्नो लगानीको निर्णय परिवर्तन गर्ने गरेका छन् । नेप्से परिसूचकमा उतारचढाव आउनु सामान्य बजारको नियम हो । यसरी उतारचढाव नभई कसैले कमाउन सक्दैनन् । तर नेप्से परिसूचक सामान्य बढ्दा किन्ने र अलिकति घट्न साथ बेच्ने गर्ने गर्दा धेरै लगानीकर्ताले लगानीको उचित प्रतिफल पाउन सकेका छैनन् ।
नेप्से परिसूचकको गणना समग्र बजार पुँजीकरणलाई आधारमा लिई गर्ने चलन छ । यसै परिप्रेक्ष्यमा आज हामीले बिगत १२ बर्षको हरेक नेपाली आर्थिक वर्षको असार अन्तिमको नेप्से परिसूचक र त्यसै दिनको बजार पुँजीकरण बिचको अन्तरसम्बन्धलाई विश्लेषण गर्ने प्रयास गरेका छौ ।
हेरौ बिगत १२ वर्षको असार अन्तिमको नेप्से परिसूचक तथ्यांक:
0_1495444830092_index.png
हेरौ बिगत १२ वर्षको असार अन्तिमको बजार पुँजीकरणको तथ्यांक :0_1495444853179_market cap.png
नेप्से परिसूचक र बजार पुँजीकरणमा भएको परिवर्तनको प्रतिशत :
आ.व २०६१÷६२ मा नेप्से परिसूचक २८६.६७ विन्दु बाट आ.व. २०७२/७३ सम्म आइपुग्दा १६१८.१५ विन्दु पुग्दा समग्रमा ४९९ प्रतिशत वृद्धि भएको छ । तेस्तै बजार पुँजीकरण आ.व २०६१/६२मा ६१३६.५९ करोड रहेकोमा आ.व. २०७२/७३ सम्म आइपुग्दा १८९०१२.९५ करोड पुग्दा समग्रमा २९८० प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचकको गणना बजार पुँजीकरणको आधारमा गरिने भएकोले नेप्से परिसूचक गएको दिशामा बजार पुँजीकरण पनि जाने गरेको छ । हेरौ कुन साल कति प्रतिशतले नेप्से परिसूचकमा उतारचढाव आउदा बजार पुँजीकरणमा कति प्रतिशतले फरक आयो तल को तालिका एबम ट्रेन्ड :
0_1495444887277_Trend Line.png
0_1495444909909_Table.png
समग्रमा
नेप्से परिसूचकको गणन बजार पुँजीकरणको आधारमा गरिने भएकोले नेप्से परिसूचक गएको दिशामा बजार पुँजीकरण पनि जाने गरेको छ । तर बिगत १२ वर्षमा भएको परिवर्तनको विश्लेषण गर्दा नेप्से परिसूचक जति प्रतिशतले बढ्छ त्यो भन्दा धेरै प्रतिशतले बजार पुँजीकरण बढेको देखिन्छ र नेप्से परिसूचक जति प्रतिशतले घट्छ त्यो भन्दा थोरै प्रतिशतले बजार पुँजीकरण घटेको छ । उदाहरणको लागि आ.व २०६२/६३ मा नेप्से परिसूचक ३५ प्रतिशतले वृद्धि हुदा बजार पुँजीकरण ५८ प्रतिशतले वृद्धि भएको छ तर नेप्से आ.व २०६६/६७ मा नेप्से ३६ प्रतिशतले घट्दा बजार पुँजीकरण २७ प्रतिशतले मात्र घटेको देख्न सकिन्छ । तर आ.व २०६५/६६ मा नेप्से परिसूचक २२ प्रतिशतले घट्दा बजार पुँजीकरण ४० प्रतिशतले बढेको छ । त्यस समयमा नेपाल राष्ट्र बैंकले पूंजी वृद्धिको योजना लाएको हुदा बैंक तथा वित्तिय संस्थाले भरि मात्रमा पूंजी वृद्धि गर्दा बजारमा सेयर संख्या वृद्धि हुदा नेप्से परिसूचक घट्दा पनि बजार पुँजीकरण बढेको थियो ।