छ्याङ्दी हाइड्रोपावर लगानी गर्ने कहाँ जाने ? कति लगानी गर्ने ? कस्तो छ कम्पनी ?

0_1495954576804_logo front.png
छ्याङ्दी हाइड्रोपावर लिमिटेड २०६४ सालमा निजि कम्पनीको रुपमा स्थापना भई २०७१ सालमा पब्लिक कम्पनीमा रुपान्तरित भएको एक जलबिधुत कम्पनी हो । यस कम्पनीले हाल २ मेगावाटको छन्दी खोला साना जलबिद्युत आयोजना निर्माण सम्पन गरि व्यावासाहिक रुपमा विधुत बिक्रि गरिरहेको छ । पहिलो आयोजना सफलतापुर्बक सम्पन्न गरेको अनुभवको आधारमा यस कम्पनीले पहिलेको आयोजना निर्माण गरिएकै छन्दी खोलामा अर्को माथिल्लो छन्दी खोला साना जलबिद्युत आयोजना ४ मेगावाटको निर्माण गर्नको लागि विद्युत विकास विभाग बाट विद्युत उत्पादनको सर्बेक्षण अनुमति पत्र प्राप्त गरि विद्युत खरिद बिक्री सम्झौता (PPA) को लागि नेपाल विद्युत प्रधिकरण संग आवश्यक प्रकृया अगाडि बढाईरहेको छ ।
0_1495952260772_fRONT.png
फारम उपलब्ध हुने र बुझाउने ठाउँ :
0_1495952732747_Form Available at.png
कम्पनीको विश्लेषण :
कम्पनीका प्रबर्द्धक
विभिन्न पेशा व्यवसयमा संग्लन व्यक्ति तथा संस्थाको लगानीमा यस कम्पनी स्थापना भएको हो र यो कम्पनीको मुख्य प्रबर्द्धकहरुमा
0_1495619338289_७७.png
धितोपत्र निष्कासनको उदेश्य :
कम्पनीले बनाउन लागेको ४ मेगावाटको माथिल्लो छन्दी खोला साना जलबिद्युत आयोजनामा पूंजी जम्मा गर्ने प्रमुख उदेश्यले यो धितोपत्र निष्कासन गरिएको हो । तर यो निष्कासनबाट आएको पैसा मध्ये २ करोड १० लाख अल्पकालीन कर्जा भुक्तानी गर्न प्रयोग गर्ने र बाकी पैसा नया आयोजना निर्माणमा लगानी गर्ने ।
सर्वसाधारण जनता र स्थानीय जनताको पनि आयोजनामा सहभागिता गराई हाल कायम रहेको पूंजी संरचना परिवर्तन गरि प्रबर्द्धक - सर्वसाधारण - स्थानीयको अनुपातलाई ७0- २०-१० कायम गर्ने ।
कम्पनीको हालको अवस्था र भावी योजना
२ मेगावाटको छन्दी खोला साना जलबिद्युत आयोजना निर्माण सम्पन गरि २०७२ चैत्रबाट विधुत उत्पादन गरि बिक्रिवितरण गरिरहेको छ । महाभूकम्प र नाकाबन्दीक कारणले तोकिएको भन्दा ७ महिना ढिलो गरि आयोजना सम्पन्न गरिएको थियो । पहिलो आयोजना ४४ करोडको लागतमा सम्पन्न गर्दा प्रति मेगावाट लागत २२ करोड परेकोमा लगानी फिर्ता अवधि १०.२२ वर्ष रहेको छ । हाल बनाउन लागेको ४ मेगावाटको दोस्रो आयोजनाको लागत जम्मा ७६ करोड हुने प्रक्षेपण गरिएको छ ।
हाल कम्पनीले विधुत बिक्रीबाट १ करोड हाराहारीमा आम्दानी गर्न थाली सकेको छ र कम्पनीले यसै आयोजना को माथिल्लो भागमा माथिल्लो छन्दी खोला साना जलबिद्युत आयोजना (४००० कि.वा.) को निमार्ण गर्नको लागि विद्युत विकास विभाग बाट विद्युत उत्पादनको सर्बेक्षण अनुमति पत्र प्राप्त गरि विद्युत खरिद बिक्री सम्झौता (एएब्) को लागि नेपाल विद्युत प्रधिकरण संग आवश्यक प्रकृया अगाडि बढाईरहेको छ ।
कम्पनीको वित्तिय सूचकहरु
चुक्ता पूंजी
कम्पनीले पहिलो आयोजना २०७२ मा मात्र समपन्न गर्दा लगभग ६० पप्रतिशत विभिन्न बैंकबाट कर्जा लिएको हुदा कम्पनीको चुक्ता पूंजी कम देखिएको हो । अहिले कम्पनीले अर्को आयोजना निर्माण गर्न लागेको र केहि अल्पकालिन कर्जा भुक्तानी गर्नको निम्ति आफ्नो चुक्ता पूंजी बदाउदै लागेको छ । ४ मेगावाटको आयोजना निर्माण गर्न लागेकोले यस कम्पनीले भविष्यमा फेरी हकप्रद वितरण गरेर वा बोनस सेयर वितरण गरेर आफ्नो चुक्ता पूंजी बढाउने देखिन्छ ।
0_1495619373174_paidup capital.png
जगेडा कोष
कम्पनीले केहि समय अगी देखि मात्र विधुत बिक्रि गर्न थालेर आम्दानी गरेको हुनले विगतको निर्माण बर्षको नोक्सानीले गर्दा जगेडा कोष ऋणात्मक रहेकोमा अब आउने वर्षहरुमा हुने नाफाले गर्दा जगेडा कोष घनात्मक हुने प्रक्षेपण गरेको छ ।
0_1495619385692_reserve.png
दिर्घकालिन कर्जा
कम्पनीले पहिलो आयोजना बनाउदा लिएको दिर्घकलिन कर्जा र अहिलेको को दोस्रो आयोजनाको लागि ऋणले गर्दा कम्पनीको दिर्घकलीन कर्जाको आकार बढ्दै जाने प्रक्षेपण कम्पनीले गरेको छ ।
0_1495619414956_long term loan.png
खुद स्थिर सम्पति
कम्पनीले एउटा आयोजना सम्पन्न गरेको र अर्को नि आयोजना निर्माण गर्न तयारी सुरु गरि सकेकाले कम्पनीको खुद स्थिर सम्पति बढ्दै जाने प्रक्षेपण कम्पनीले गरेको छ । खुद स्थिर सम्पति बढ्दै जानु कम्पनी आर्थिक रुपमा सबल हुनु बुझन सकिन्छ ।
0_1495619440879_net fixed assets.png
खुद नाफा
कम्पनी गत आवमा घाटामा रहेको भएपनि यस वर्षबाट विधुत बिक्रिबाट आय बढ्न गइ समग्रमा कम्पनी नाफामा संचालन हुने प्रक्षेपण कम्पनी व्यवस्थापनले गरेको छ ।
0_1495619457514_profit.png
प्रक्षेपित लाभांश
कम्पनीले आफ्ना सेयरधनीलाई आव २०७४/७५ देखि लाभांश वितरण गर्ने विवरण आफ्नो प्रक्षेपित वित्तिय प्रतिवेदनमा उल्लेख गरेको छ । आ.व २०७४/७५ मा ५% लाभांश वितरण गर्नुका साथै ४०% हकप्रद पनि वितरण गर्ने प्रक्षेपित वित्तिय विवरण प्रस्तुत गरेको छ । हेरौ कुन साल चुक्ता पुँजीको कति लाभांश दिने प्रक्षेपण गरेको छ
0_1496118829345_Proposed dividend.png
विधुत बिक्रिबाट हुने आय
कम्पनीले गत आवको लगभग ४ महिनामा विधुत बिक्रिबाट १ करोड आम्दानी गरेकोमा एस आवमा ६ करोड हराहरीको विधुत बिक्रि गर्ने प्रक्षेपण गरेको छ । साथै आव २०७५ ७६ सम्म दोस्रो आयोजना नि सम्पन्न गरिने लक्ष्य राखेको यस कम्पनीले विधुत बिक्रि बाट ११ करोड हाराहरीमा आम्दानी गर्ने प्रक्षेप गरेको छ ।
0_1495619499114_INCOME ELECTRICITY SALES.png
प्रति सेयर आम्दनी र प्रति सेयर नेटवर्थ
कम्पनीको प्रति सेयर आम्दानी नकरात्मक १.८८ रहेकोमा यस वर्षबाट प्रतिसेयर आम्दानी र प्रति सेयर नेटवर्थ बढ्ने प्रक्षेपण कम्पनी व्यवस्थापनले गरेको छ ।
0_1495619522579_EPS.png
आयोजनाको आकारको आधारमा यो एउटा सानो जलविद्युत कम्पनी हो । यस कम्पनीले हालसालै २ मेगावाटको आयोजना निर्माण सम्पन्न गरि व्यावासाहिक उत्पादन गरि विद्युत बिक्रि गर्न थालिसको छ र अर्को ४ मेगावाटको अर्को आयोजना निर्माण गर्न तयारीमा छ । कम्पनीको भविस्य र प्रक्षेपित वित्तिय प्रतिबेदन हेर्दा यो लगानीको लागि उपयुक्त कम्पनी रहेको छ ।
यसभन्दा अघि धितोपत्रको निष्काशन गरेका जलबिद्युत कम्पनीको सेयरमा आवेदकले माग गरेको हेर्दा यस निस्काशनमा पनि लगभग ४० गुणा बदी माग हुने पक्का छ र तेती माग भएमा पहिलेको निस्काशनको बाडफाड मोडललाई हेर्दा ५० कित्ता देखि ३५० कित्ता सम्म आबेदन दिनेलाई गोलाप्रथा र तेसभन्दा माथिका आबेदकलाई निस्चित प्रतिशत पाउने देखिन्छ ।

0 Comments