कति लगानी गर्दा उपयुक्त हुन्छ IPO मा ? तथ्यांक सहित

0_1497000917305_जज.png
विगत केहि वर्षदेखि सर्वसाधारणको सेयर बजारमा सहभागीता व्यापक मात्रामा वृद्धि हुदै गैरहेको छ। थोरै संख्यामा जारि गरिएका IPO मा पनि सयौ गुणा बढी हालिएको आवेदनले यस कुराको पुष्टी गर्दछ। यसरी सर्वसाधारणमा सेयर बजार प्रतिको सकारात्मक सोचलाई राम्रो मान्नु पर्छ। तर सेयर निस्काशन गर्ने कम्पनी कस्तो हो ? कति संख्यामा निस्काशन गरेको छ भन्ने केहि ख्याल नगरी आफु संग भएको सबै लगनीयोग्य पूंजीलाई एउटै संस्थामा लगानी गर्दा अन्य राम्रा कम्पनीमा लगानी गर्ने अवसर गुमाईरहेका हुन्छन्।
केहि हप्ता अगि मात्र एउटा त्यस्तै जलबिद्युत कम्पनीको IPO निस्काशन बिक्रि बन्द र अब चाडै एउटा जलबिद्युत कम्पनीले IPO निस्काशन गर्न लागेको छ। साथै नेपाल धितोपत्र बार्डले धितोपत्र निस्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ लाई जेष्ठ १२ बाट लागु गरि सकेको र उक्त निर्देशिका बमोजिम FPO को नया मूल्य प्रस्ताव गरेकाले अब चाडै राम्रा कम्पनीको FPO आउन सक्ने प्रबल सम्भावना छ। त्यसैले आज हामी केहि समय अघि देखि निस्काशन भएका जलविद्युत कम्पनीका IPO मा कति गुणा आबेदन पर्यो भनेर हेर्न गइरहेकाछौ।
निस्काशन रकम र माग गरिएको रकमका आधारमा :
अरुण काबेली हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै ३० करोड बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणमा जारी गरेकोमा १२ अर्ब बराबरको माग गरिएको थियो। त्यस्तै सबै भन्दा कम दिब्यस्वरी हाइड्रोपावरले जम्मा ३.९६ करोडको सेयर जारि गरेकोमा ३ अर्ब ११ करोड बराबर को माग गरिएको थियो।
हेरौ अन्य कुन कम्पनीमा कति रकमको निस्काशन गर्दा कति रकम बराबरको आवेदन माग भयो :
0_1497000076896_Slide1.png
आवेदक संख्या र माग गरिएको गुणाका आधारमा :
जलविद्युत कम्पनीहरुमा सबै भन्दा धेरै न्याग्दी ग्रुप पावरको IPO निस्काशनमा एक लाख ५६ हजार आवेदकले सेयर माग गरेका थिए। त्यस्तै अरुण काबेली हाइड्रोपावरमा एक लाख ४६ हजार आवेदक थिए। सबै भन्दा कम अस्तिको छ्याङ्दी हाइड्रोपावरमा जम्मा ९७ हजार मात्र आवेदक थिए।
त्यस्तै माग गरिएको गुणालाइ हेर्दा न्याग्दी ग्रुप पावरको IPO मा अत्यधिक माग थियो। सानो संख्यामा निस्काशन गरिएका IPO मा माग गुणापनि धेरै हुने तथ्यांकले देखिएको छ। जति निस्काशनको रकम ठुलो हुन्छ माग गुणापनि कम पर्ने देखिएको छ।
हेरौ अन्य कुन कम्पनीमा आवेदक संख्या र माग गरिएको गुणाका कति भयो :
0_1497000220768_Slide2.png
अब एकछिन हेरौ नेपालको सेयर निस्काशनमा अहिलेसम्ममा कीर्तिमान कायम गर्न सफल केहि निस्काशनको बेला के कति आबेदन परे ? नेपाल इन्भेष्टमेन्ट बैंकले प्रिमियम सहित ५.५४ अर्बको निस्काशन गर्दा २ लाख १८ हजार आवेदकबाट ४८ अर्बको आबेदन परेको थियो।
त्यस्तै जलबिद्युत तथा लगानी कम्पनीको IPO मा ३ लाख ४ हजार आवेदकबाट ४३ अर्ब को आबेदन परेको थियो।
केहिसमय अघि निस्काशन गरिएको नेपाल इन्सुरेन्सको प्रिमियम सहित ४.४ अर्बको FPO मा ५२ अर्ब भन्दाबढीको आबेदन परेको थियो।
0_1497000244199_Slide3.png
समग्रमा लगानी गर्नु अगि एक पटक उक्त कम्पनीको बारे अध्ययन गरेर र विगतमा येस्तै प्रकृतिका IPO मा कति माग भयो र कति पाए त लगानीकर्ताले भन्ने विचार गरेर लाग्नु गर्दा उचित प्रतिफल पाइन्छ। साथसाथै चलिरहेका राम्रा कम्पनीहरुले पनि सस्तोमा FPO जारी गर्ने अन्तिम तयारीमा रहेकाले चाडै आउने सक्ने कुरालाई पनि मध्येनजर गर्दै अब आउने IPO मा लगानी गर्दा ठिक होला।

0 Comments