जीवन बीमा कम्पनीले कति लाभांश वितरण गरे विगत ५ वर्षमा ? हेरौ तथ्यांक सहितको रिपोर्ट

0_1496826095526_qUOTES.png
केहि वर्षदेखि नेपालको पूंजीबजारमा सबैभन्दा उतारचढाव आउने क्षेत्रको रुपमा बीमा क्षेत्र रहेको छ। लगानीकर्ताको विशेष चासोका साथ हेर्ने क्षेत्रपनि यो रहेको छ। गत वर्ष २०७३ सालमा नेप्सेको सूचकमा लगभग ४६ प्रतिशतले वृद्धि भएको थियो। यसरी हेर्दा लगानीकर्ताले लगानी गरेर उच्चतम नाफा हासिल गर्ने क्षेत्रका रुपमा बीमा रहेको छ।
आज हामीले विगत ५ आर्थिक वर्षमा नेप्सेमा सुचिकृत जीबन बीमा कम्पनीले आफ्ना सेयरधनीलाई के कति लाभांश वितरण गरे भनेर प्रस्तुत गरेका छौ।
नेप्सेमा सुचिकृत कम्पनीहरु मध्ये विगत ५ वर्षमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीले सबैभन्दा धेरै २५० प्रतिशत बोनस सेयर तथा ९५.४३ प्रतिशत नगद लाभांश आफ्ना सेयरधनीलाई वितरण गरेको छ। उक्त कम्पनीले विगतको ५ ओटै आर्थिक वर्षहरुमा आफ्ना लगानीकर्तालाई नियमित लाभांश वितरण गर्दै आइरहेको छ। हालै FPO जारी गर्दा भारी मात्रामा प्रिमियम संकलन गरेको हुँदा र ब्यबसाय विस्तार गर्दै गईरहेकोले आब आउने दिनहरुमा नि यस कम्पनीले आना सेयार्धनिहरुलाई उच्च मात्रामा बोनश सेयर दिने देखिन्छ।
नेपाल लाईफ इन्सुरेन्स पछि नेशनल लाइफ इन्सुरेन्स र लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीलाई शतप्रतिशतभन्दा धेरै लाभांश वितरण गरेका छन्।
जीबन बीमा कम्पनीहरु मध्ये सबैभन्दा कम लाभांश प्राइम लाइफ इन्सुरेन्सले वितरण गरेको छ। उक्त कम्पनीले आफ्ना सेयरधनीलाई आ.व ६८/६९ मा मात्रा एकचोटि १३ प्रतिशत बोनस सेयर दिएको छ।
हेरौ अन्य कुन कुन जीवन बीमा कम्पनीले कति वितरण गरे लाभांश आफ्ना सेयरधनीलाई विगत ५ वर्ष मा :
0_1496825440877_Presentation1.png
हालैमात्र बीमा समतिले सम्पूर्ण जीवन बीमा कम्पनीहरुको पूंजी २ अर्ब पुर्याउन निर्देशन दिएको हुँदा अब आउने वर्षहरुमा जीवन बीमा कम्पनीले फेरिपनि बोनस सेयरमै विशेष जोड दिदै आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने रणनित अपनाउन सक्छन्।
केहिसमय अघि नया १० ओटा जीवन बीमा कम्पनीले लाईसेन्स पाएकाले अब आउने दिनमा जीवन बीमा कम्पनीहरु बीच प्रतिस्पर्धा उच्च हुने र आफ्ना सेयरधनीलाई विगतदेखि वितरण गर्दै आइरहेको लाभांश कायम राख्न मेहनत गर्नु पर्ने देखिन्छ।
यो अध्यन गर्न त छुट्नु भएको छैन ?

0 Comments