हजुरले लगानी गर्नु भएको बाणिज्य बैंकले विगत ५ वर्षमा कति लाभांश वितरण गर्यो ? तथ्यांक सहित

0_1496651692844_Copy of qUOTES sAMPLE.png
हरेक लगानीकर्ताले लगानी गर्नुको मुख्य उदेश्य भनेकै उक्त लगानीबाट भबिस्यमा उच्चतम प्रतिफल हासिल गर्नु हो । लगानी गरिएको क्षेत्र अनुसार कुनैमा धेरै त कुनैले थोरै प्रतिफल दिएका हुन्छन् । आज यहाँ नेप्सेमा सुचिकृत "क वर्गका" बाणिज्य बैंकहरुले बिगत पाँच वर्षमा आफ्ना लगानीकर्तालाई कति लाभांश वितरण गरे भन्ने विश्लेषण गर्दैछौ ।
हाल नेप्सेमा सूचीकृत भई २७ ओटा वाणिज्य बैंकको कारोबार हुन्छन । ति २७ ओटा बाणिज्य बैंकलाई उनीहरुले वितरण गरेको लाभांशको प्रतिशतका आधारमा ३ ओटा वर्गमा विभाजन गरेकाछौ ।
पहिलो वर्गमा बिगत ५ वर्षमा आफ्ना सेयरधनीलाई १०० प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्ने बैंकलाई समाबेश गरेकाछौ ।
त्यस्तै दोस्रो वर्गमा बिगत ५ वर्षमा आफ्ना सेयरधनीलाई ५० देखि १०० प्रतिशत सम्म लाभांश वितरण गर्ने बैंकलाई समाबेश गरेकाछौ ।
तेस्रो वर्गमा बिगत ५ वर्षमा आफ्ना सेयरधनीलाई ५० प्रतिशत भन्दा कम लाभांश वितरण गर्ने बैंकलाई समाबेश गरेकाछौ ।
१०० प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्ने बैंक :
बिगत ५ वर्षमा १० ओटा बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत भन्दा धेरै लाभांश वितरण गरिसकेका छन । लाभांश वितरण गर्नेमा सबैभन्दा अगाडी नबिल बैंक रहेको छ । जसले बिगत ५ वर्षमा आफ्ना सेयर धनीलाई १२५ प्रतिशत बोनस सेयर र १४६.८ प्रतिशत नगद लाभांश गरि जम्मा २७१.८ प्रतिशत लाभांश वितरण गरेको छ ।
नबिल बैंकलाई पछ्याउदै एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई २६०.६ प्रतिशत र स्टांण्डर्ड चार्टर्ड बैंकले पनि आफ्ना सेयरधनीलाई २४०.८ प्रतिशत लाभांश वितरण गर्दै उत्कृष्ट ३ मा परेको छ ।
हेरौ अन्य कुन कुन बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत भन्दा धेरै लाभांश वितरण गरे :
0_1496651422522_Slide1.png
५० देखि १०० प्रतिशत लाभांश वितरण गर्ने बैंक :
नेपाल बंगलादेश बैंकले आफ्ना सेयरधनीलाई लगभग शतप्रतिशत लाभांश वितरण गरेको छ । यस बैंकले ७७ प्रतिशत बोनस सेयर र २२.८९ प्रतिशत नगद लाभांश गरि जम्मा ९९.८९ लाभांश वितरण गरेको छ । नेपाल बंगलादेश बैंक बाहेक अन्य १० ओटा बाणिज्य बैंकले आफ्ना सेयरधनीलाई ५० देखि ९२ प्रतिशतसम्म लाभांश वितरण गरेका छन् ।
हेरौ अन्य कुन कुन बैंकले आफ्ना सेयरधनीलाई कति लाभांश वितरण गरे :
0_1496651441804_Slide2.png
१०० प्रतिशतभन्दा कम लाभांश वितरण गर्ने बैंक :
पछिल्लो समयमा खुलेका र वित्तिय समस्या भोगिरहेका बैंकहरु यो वर्गमा परेका छन्। खराब कर्जाले थालिएको बैंकहरु नेपाल बैंक र प्रभु बैंकले बिगत ५ वर्षमा आफ्ना लगानीकर्तालाइ कुनै लाभांश वितरण गरेका छैनन् । बाकी नया खुलेका बैंकहरु मध्ये मेगा बैंकले ३४.२५ प्रतिशत बोनश सेयर र १०.८६ प्रतिशत नगद लाभांश गरि ४६.११ प्रतिशत लाभांश वितरण वितरण गरको छ । त्यस्तै सिभिल र जनता बैंकले २४ प्रतिशत लाभांश वितरण गरेका छन ।
हेरौ अन्य कुन कुन बैंकले आफ्ना सेयरधनीलाई कति लाभांश वितरण गरे :
0_1496651458122_Slide3.png
समग्रमा बिगत ५ वर्षमा नेप्सेमा सुचिकृत क वर्गका बाणिज्य बैंकले औषतमा ९५.९१ प्रतिशत लाभांश वितरण गरेका छन् जसमा ६४.०२ प्रतिशत बोनस सेयर र ३१.८९ प्रतिशत नगद लाभांश रहेको छ । यसरी हेर्दा नेपालमा संचालित बैंकहरुले लगानिकर्तालाई बोनस सेयरमा जोड़ दिएको पाइन्छ । २ वर्ष अघि नेपाल राष्ट्र बैंकले ल्याएको ४ गुण पूंजी वृद्धिको कारणले पनि बोनस सेयरका रुपमा धेरै लाभांश वितरण भएको हो । नेपालमा बैदेशिक लगानी रहेका बैंकले धेरै नगद लाभांशमा जोड दिएको देख्न सकिन्छ तर नेपालीकै लगानी रहेका बैंकले बोनस सेयर र नगद दुवै मिलाएर लाभांश वितरण गरेको देख्न सकिन्छ ।

0 Comments