कति ओटा बीमा कम्पनी संचालनमा छन् ? कति ओटा नया बीमा कम्पनी आउदै छन् ?

प्रजातन्त्रको पुनर्स्थापना र आर्थिक उदारीकरणको सुरुवात भएसंगै नेपालमा आर्थिक गतिबिधिहरु व्यापक मात्रामा वृद्धि हुदै गए । आर्थिक विकासको क्रम संगै नेपालमा पनि निजि क्षेत्रबाट बैंक तथा वित्तिय संस्था खुल्दै गए । आर्थिक गतिबिधिमा हुने जोखिम न्यूनीकरण गर्ने हेतुले नेपालमा पनि बीमाको बजार व्यापक बन्दै गयो ।
अहिले नेपालको बीमा बजारमा २७ ओटा विभिन्न बीमा कम्पनीहरु संचालनमा छन् । बीमा समितिको तथ्यांक अनुसार नेपालमा १७ ओटा निर्जिबन बीमा कम्पनी संचालित छन् भने ९ ओटा जीबन बीमा कम्पनी र १ ओटा पुनर्बीमा कम्पनी संचालित छ ।
बीमा बजारको विस्तारको सम्भावना र भविस्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै हालसालै बीमा समितिले बीमा कम्पनीहरु पूंजी वृद्धि गरेका छ । पहिले २५ करोड चुक्ता पूंजी भए पुग्ने निर्जीवन बीमा कम्पनीको १ अर्ब चुक्ता पूंजी कायम गरेको छ । येस्तै जिबम बीमा कम्पनीको हकमा ५० करोड रहेको चुक्ता पुँजीलाई २ अर्ब कायम गरेको छ । हाल संचालनमा रहेकाह कम्पनीले आ.व २०७४/७५ भित्र र अब भविस्यमा संचालनमा आउने सबै बीमा कम्पनीको न्युनतम चुक्ता पूंजी तेती कायम गरेको हो ।
0_1496209579471_Insurance2073 - Copy.jpg

0 Comments