एनआईसी एशिया बैंक लिमिटेड : आधारभूत विश्लेषण

0_1506286268089_NICA for alsiah.png
‘बैंक पनि साथि पनि’ भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आैं वर्षमा प्रवेश गरेको छ । विराटनगरमा रजिष्टर्ड कार्यालय रहने गरी २०५५ भदौ ५ गतेबाट एक क्षेत्रीय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंक लिमिटेडको नाममा सुरुवात भएको थियो । नेपालको बैंकिंङ्ग इतिहासमा दुई वाणिज्य बैंक एनआईसी बैंक र बैंक अफ एशियाबीचको २०७० अषाढ १६ गते देखि सफल मर्जर सम्पन्न गरि हाल एनआईसी एशिया बैंकका रुपमा संचालनमा रहेको छ।
0_1506285023474_Slide4.PNG
0_1506285048537_mAJOR ACHIEVEMENTS.png
0_1506285102064_Slide4 - Copy.PNG
बैंकले आर्थिक वर्ष २०७२/७३ असार मसान्त र २०७३/७४ असार मसान्तबीच तुलना गर्दा उत्साहजनक प्रगति गरेको देख्न सकिन्छ। कम्पनीले समग्र वित्तिय सूचकमा प्रगति गरेको छ। पूँजी वृद्धिको अनुपातमा खुद मुनाफा वृद्धि गर्न सक्नु बैंकको सबल पक्ष रहेको छ। हेरौ बैंकको आर्थिक वर्ष २०७२/७३ असार मसान्त र २०७३/७४ असार मसान्तबीच तुलनात्मक टेबल :
0_1506287374603_4th qtr.png
(आर्थिक वर्ष २०७३/७४)को वार्षिक प्रतिवेदनमा प्रकाशित तथ्यांकमा आधारित)
हेरौ बैंकको बिगत ५ वर्षको प्रमुख वित्तिय सूचकहरुको विश्लेषणत्मक टेबल :
0_1506285310134_5 Years Data.png
कम्पनीको वित्तिय अवस्थाअनुसार कम्पनीको बजार मूल्यबीच के कस्तो अन्तर छ भन्ने हेतुले सामान्यात प्रयोग गरिने मूल्य आम्दानी अनुपात र नेटवर्थका आधारमा कम्पनीको मुल्यांकन गरेका छौ
0_1506285534986_Valuation.png
बैंकले प्रदान गरेको बिगत ५ वर्षको लाभांशको विवरण यसप्रकार छ :
0_1506285625427_Bonus.png
0_1506285009528_Slide4 - Copy (2).PNG
बैंकले पञ्च वर्षीय एकिकृत रणनीतिक योजना (रणनीति २०२०) तयार गरी कार्यान्वयन गरिरहेका छ । उक्त योजनामा आर्थिक वर्ष सन् २०१९/२० सम्ममा बैंकको निक्षेप, कर्जा, ग्राहक
संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी लगायतका सबै प्रमुख परिसुचकरुमा बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट उपलब्धी हासिल गर्नेे लक्ष्य लिइएको छ।
सर्वब्यापी बैंकिङ्गको अवधारणा अनुरुप विभिन्न सहायक कम्पनीहरु मार्फत बिभिन्न वित्तिय सेवाहरु विस्तार गर्दै जाने हेतुले निम्न सहायक कम्पनीहरु :
१. एनआईसी एसिया क्यापिटल ( संचालनमा आइसकेको )
२. एनआईसी एसिया लघुवित्त ( संचालनको तयारीमा रहेको )
साथै बैंकले आफ्नो व्यापार विविधीकरण तथा सेवा विस्तार रणनीति अनुरुप आन्तरिक एवं वाह्य रुपमा पैसा पाउन र पठाउनका लागि एनआईसी एशिया रेमिटको सेवा समेत शुरु गरेको छ ।
बैंकले यस आर्थिक वर्षपनि आक्रामक रुपमा शाखा संख्या ८० वटा थप गर्ने योजना सार्वजनिक गरेको छ।
समग्रमा हेर्दा बैंकले बिगत केहि वर्ष देखि आक्रामक व्यवसाय विस्तारमा गर्दै पूँजी वृद्धि अनुरुप आफ्नो खुद नाफापनि वृद्धि गर्दै लगिरहेको छ। बैंकले समयअनुसार विभिन्न नौलो व्यावसायिक योजना ल्याउनुका साथै सहायक कम्पनी मार्फत विभिन्न अन्य वित्तिय सेवा प्रदान गर्दै गईरहेको छ। यसरि हेर्दा लगानीकर्ताले बैंकबाट भविश्यमा राम्रो प्रतिफलको अपेक्ष्य राख्न सक्छन।

0 Comments