नेपाल ग्रामीण विकास बैंकको एफपिओमा लगानी गर्नु अघि थाहा पाउनु पर्ने कुरा

0_1505143616615_COVERRR.png
गरिबी निवारणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई नेपाल ग्रामीण विकास बैंकको स्थापना भएको हो । लघुवित्तले ५३ जिल्लामा १९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९१२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५१४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पु-याउँदै आएको छ ।
कहिले देखि आवेदन खुल्ला हुन्छ र बन्द कहिले हुन्छ ?
बैंकले प्रतिकित्ता एक सय रुपैँयाँका दरको ९ लाख ७५ हजार कित्ता एफपिओ भदौ २७ गतेदेखि छिटोमा भाद्र ३० गतेसम्म एफपिओ निष्काशन गर्ने भएको छ । भाद्र ३० गतेसम्म आवश्यक माग नपरेमा भने बैंकले असोज १० गतेसम्म एफपिओ खुला गर्न सक्नेछ ।
कति कित्ता आवेदन दिन पाईन्छ ?
एफपिओमा आवेदन दिन ईच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ४८७० कित्तासम्म आवेदन दिन पाउछन ।
एफपिओ निष्काशनको उदेश्य के हो ?
राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकमा सर्वसाधारण तर्फको सेयर अनुपात कम्तिमा ३० प्रतिशत हुनु पर्ने व्यवस्थालाई पुरा गर्ने एफपिओ निष्काशन गर्न लागेको हो ।
फारम उपलब्ध हुने र बुझाउने ठाउँ कुन कुन हुन् ?
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरि अस्बा सेवामा सहभागी बैंक तथा वितिय संस्था र तिनका शाखा कार्यालयहरु फारम उपलब्ध हुनुका साथै बुझाउन पनि पाईन्छ । साथै यसको निस्काशन प्रबन्धक प्रभु क्यापिटलबाट थप जानकारी लिन सकिन्छ ।
क्रेडिट रेटिंग कस्तो छ ?
बैंकको एफपिओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । ग्रेड फोर प्लस रेटिङले बैङ्ककोे आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।
एफपिओ बिना प्रिमियम किन जारी गर्दै छ ?
0_1505143005045_WHY NO PREMIUM IN nEPAL GRAMIN BIKAS BANK.jpg
वित्तिय अवस्था कस्तो छ ?
गत आर्थिक बर्षमा लघुवित्तको खुद नाफा घटेर १६ करोड १४ लाख ३२ हजार रुपैयाँ कमाएको छ । लघुवित्तको जगेडा कोषमा १७ करोड ३३ लाख ७७ हजार रुपैयाँ तथा प्रतिशेयर आम्दानी २८ रुपैँया ९५ पैसा कायम गरेको छ । दोस्रो बजारमा यस कम्पनीको शेयर प्रति कित्ता रु ७१३ मा कारोबार भइरहेको छ । (२६ भाद्र २०७४को अन्तिम कारोबार मूल्य)
हेरौ बिगत ३ वर्षको वास्तविक र आगामी ३ वर्षको प्रक्षेपित वित्तिय सूचकहरु :
0_1505143074257_NGBB;L FINANCIAL 5 YEARS.jpg
लगानी गर्दा कस्तो होला ?
सम्भवत नेपाली शेयर बजारको इतिहासमा नै दोस्रो पटक आईपिओको भाउमा अर्थात १०० रुपैयाँमा नै एफपिओ निष्काशन गर्न लागेकाले लगानीकर्तालाई सस्तोमा लघुवित्तको शेयर पाउने मौका हुन सक्छ। यस अघि रिलायन्स फाईनान्सले बिना प्रिमियम एफपिओ निष्काशन गरेको थियो ।
पछिल्लो वर्षबाट जगेडा कोष धनात्मक भएसँगै यस संस्थाको वित्तिय अवस्थापनि क्रमिक रुपमा सुधार हुदै गइरहेको छ । नेपाल सरकार र "क" वर्गका वाणिज्य बैंकको ठुलो मात्रामा प्रबर्द्धक शेयरमा लगानी भएको र राष्ट्रिय स्तरमा संचालन भइरहेकोले यस एफपिओमा लगानी गर्दा उपयुक्त हुने देखिन्छ ।
कति कित्ता आवेदन दिंदा ठीक होला ?
बिगतमा जारी भएका शेयरमा आत्यधिक माग भएको हेर्दा र आईपिओको भाउमा अर्थात १०० रुपैयाँमा नै एफपिओ निष्काशन गर्न लागेकाले यस संस्थाको एफपिओ निष्काशनमा पनि अत्यधिक माग हुने हुनाले न्यूनतम ५० कित्ताको लागि मात्र माग गर्दा उचित हुने देखिन्छ । सस्तोमा लघुवित्तको शेयर जारी भएकाले आवेदक धेरै हुने सम्भावनाले गर्दा स्वत गोलाप्रथामा जान सक्छ ।

0 Comments