२ अर्ब माथि नाफा कमाउने बैंक मध्ये विभिन्न वित्तिय सूचकको आधारमा कुन बैंकले उत्कृष्ट प्रदर्शन गरे ? हेरौ तुलनात्मक विश्लेषण टेबल सहित

0_1503483674531_TOP 6 BANK COVER.png
नेप्सेमा सूचीकृत २८ वटानै वाणिज्य बैंकले आर्थिक वर्ष २०७३/७४ अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अधिकांश वाणिज्य बैंकको खुद नाफा १ अर्ब माथि रहेको छ। यसै सेरोफेरोमा आज हामीले २ अर्ब माथि खुद नाफा कमाउने ६ वटा वाणिज्य बैंकहरुको अपरिष्कृत वित्तीय विवरण अनुसार विभिन्न वित्तिय सूचकहरुलाई आधार लिएर एकअर्का बैंक बीच तुलानात्मक विशलेष गर्ने प्रयास गरेका छौ।
राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पूँजी (साधारण शेयर) ८ अर्बको लक्ष्य हासिल गर्ने क्रममा अधिकांश बैंक रहेकाछन। उत्क्रष्ट ६ बैंकमा परेका मध्ये नबिल बैंक, कृषि विकास बैंक र हिमालयन बैंक बाहेकले आफ्नो लक्ष्य हासिल गरि सकेका छन्। सबै भन्दा धेरै चुक्ता पुंजी नेपाल इन्भेस्टमेन्ट बैंकको रहेको छ। यस्तै जगेडा कोषको आकारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंकनै अरु भन्दा अगाडी रहेको छ।
यस्तै व्यपार व्यवसायको आकारमा हेर्दा पनि नेपाल इन्भेस्टमेन्ट बैंक नै अगाडी रहेको छ। १ खर्ब २५ अर्ब निक्षेप सङ्कलन गरि १ खर्ब ६ अर्ब कर्जा परिचालन गर्ने नेपालको पहिलो बैंक भएको छ।
आम्दानी हेर्दा कृषि विकास बैंकले सबै भन्दा धेरै खुद ब्याज आम्दानी गर्न सफल भएको छ। औषत ब्याज दरनै ५ प्रतिशत भन्दा धेरै भएकोले पनि उसको खुद ब्याज आम्दानी अरु भन्दा धेरै हुन गएको भनेर अनुमान गर्न सकिन्छ जब कि राष्ट्र बैंकले यो अन्त अधिकतम ५ प्रतिशत तोकेको छ। गत साल ७.८५ प्रतिशत रहेको यो दर लाई राष्ट्र बैंकको निर्देशन अनुसार अहिले क्रमिक रुपमा घटाउदै ५.८७ प्रतिशतमा झरेको छ।
0_1503483477828_TOP 6 Banks final.jpg
खुद मुनाफामा भने नबिल बैंकले बाजी मरेको छ। उसले गत आर्थिक वर्षमा ३ अर्ब ६२ करोड खुद मुनाफा गर्न सफल भएको छ। नबिल बैंकलाई पछ्याउदै नेपाल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले पनि खुद मुनाफा ३ अरब कटाउन सफल भएका छन्।
निस्क्रिय कर्जा र त्यसको लागि गरिने प्रोभिजन रकमको आधारमा फेरी पनि नबिल बैंकले बाजी मारेर उत्क्रष्टता प्रदर्शन गरेको छ। उसको निस्क्रिय कर्जा अनुपात कम हुनु र व्यवस्थापनले कर्जा परिचालन गर्दा निकै विचार गरेर कर्जा लगानी गर्दा प्रोभिजन गर्नु पर्ने रकम कम हुँदा मुनाफा वृद्धि गर्न सहयोग पुगेको देखिन्छ।
यस्तै बैंकले कर्जा परिचालन गर्दा लिनु पर्ने न्युनतम दर जनाउने आधार ब्याज दर ( बेस रेट) हेर्दा अधिकांश बैंकको १० प्रतिशत भन्दा माथि नै रहेको भएता पनि नेपाल बैंकको पुंजी कोषको लागतनै जम्मा १.९७ प्रतिशत हुँदा उसको बेस रेट जम्मा ६.२९ प्रतिशत रहेको छ। त्यस्तै नबिल बैंकको बेस रेटपनि ६.६१ प्रतिशत हुदा उसले सस्तो ब्याज दरमै कर्जा लगानी गरेर व्यवसाय वृद्धि गर्न सक्ने हुन्छ।
प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थ हेर्दा फेरी पनि नबिल बैंकनै अगाडी रहेको छ भने मूल्य आम्दानी अनुपात हेर्दा नेपाल बैंक अगाडी छ। सुधारको क्रममा रहेकोले नेपाल बैंकको शेयर मूल्य कम हुँदा यसको मूल्य आम्दानी अनुपर कम भएको हो।
समग्रमा हेर्दा उत्क्रष्ट ६ बैंक जसले गत वर्ष २ अर्ब माथि खुद मुनाफा कमाएका थिए। उनीहरुको विश्लेषण गर्दा नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले अधिकांश सूचकमा अगाडी रहदै बाकी बैंकलाई पछि पर्न सफल भएका छन्।

0 Comments