लिलामी शेयर बारे हजुरहरुलाई थाहा छ ? यदि छैन भने यहाँ हेर्नुहोस : के हो लिलामी शेयर र यसका फाइदाहरु

0_1498213736204_Cover Photo.jpg
केहि वर्ष देखि नेप्से परिसूचक उकालो लाग्ने क्रम संगै सर्वसाधारणहरुमा शेयर लगानी गर्न चासो पनि बढ्दै गईरहेको छ । समय समयमा खुल्ने IPO र FPO मा लगानी गर्न तछाडमछाड गर्दै टन्टलापुर घाममा दिनभरि लाईनमा बसी कम्पनीले मागेको भन्दा धेरै गुणा बदी आवेदन आउने गरेके सर्वबिधितै छ । सर्वसाधारणमा शेयरमा गरिएको लगानीले भविष्यमा उच्चतम प्रतिफल दिने गर्छ भन्ने विश्वास अटुट मात्रामा रहेको छ ।
प्राथमिक निस्काशनमा मात्र नभई दोस्रो बजारमा पनि शेयर कारोबार गर्ने लगानीकर्ताको जमात दिन प्रतिदिन बढ्दै गैरहेको छ । हितग्राही खाताको संख्यानै ८ लाख भन्दा धेरै भैसकेको तथ्यांकले नै शेयर लगानीकर्ताको संख्यापनि बढ्दै गईरहेको कुरालाई पुष्टि गर्दछ ।
नेपाली शेयर बजारमा लगानीकर्तालाई लगानीको निम्ति प्राथमिक निस्काशन, हकप्रद शेयर तथा शेयरको दोस्रो बजारमा खरिदबिक्रि प्रचलित औजार रहेकाछन् । तर अधिकांश सर्वसाधारण शेयर लगानीकर्ताको नजर पुग्न नसकेको तर निकै अघिदेखि नै प्रचलनमा रही आएको अर्को एउटा राम्रो प्रतिफल दिने शेयर लगानीको औजार “लिलामी” को बारेमा आज हामीले विश्लेषण गरेकाछौ । बीमा, बैंक तथा वित्तीय संस्थालाई पूंजी वृद्धि गर्न सिलसिलामा रहेकाले हकप्रद मार्फत बिक्री हुन नसकेका शेयरहरू केहि समय यता अधिक मात्रामा लिलामीमा बिक्रीका लागि आइरहेका छन् । शेयर बजारमा नियमित कारोबारमा संग्लन हुने लगानीकर्ताहरुले लिलामीमा निस्किने शेयरको बारेमा जानकारी लिरहेका हुन्छन् र लिलामीमा शेयर बिक्रीमा आउँदा त्यस्ता शेयरमा लगानी गरि छोटो समयमा राम्रो प्रतिफल आर्जन गरिरहेका हुन्छन् ।
के हो लिलामी ?
लिलामी भन्नाले कुनै पनि संस्थाको बिक्रि नभई रहेको शेयरहरुलाई लगानीकर्ताहरु माझ अधिकतम मूल्य बोलकबोल गराई बिक्रि गर्ने बिधि हो । शेयरको लिलामी मुख्य गरि दुई ओटा अवस्थामा आउछ :
१. कुनैपनि संस्थाले आफ्नो स्वमीत्वमा रहेको अर्को संस्थाको शेयर बिक्रि गर्दा
२. पूंजी वृद्धिका क्रममा जारी गरिएका हकप्रद शेयरहरु विभिन्न कारणले साबिकका लगानीकर्ताले खरिद नगरेको अवस्था
लिलामीका शेयरमा लगानी गर्दाका फाईदा के के हुन् ?
लिलामी शेयरमा गरिने लगानीपनि अन्य किसिमको शेयरमा गरिने लगानी झैँ हो । तर अन्य शेयर गरिने लगानी भन्दा लिलामीको शेयरमा लगानी गर्दा केहि बदी फाईदा हुन्छन् :
१. लिलामी शेयरमा आबेदन गर्दा लगानी गरिएको पैसा थोरै समयको लागि मात्र रोक्का हुन्छ । साधारणतय २ हप्ता भित्र लिलामीको शेयर बिक्रि भई पैसा फिर्ता भैसक्छ ।
२. लिलामीमा खरिद गरिएको शेयरहरु साधारणतय अरु किसिमको शेयर भन्दा चांडो नेप्सेमा सुचिकृत भई कारोबार गर्न सकिन्छ ।
३. लगानीकर्ताले लिलामीका शेयर सोझै बिक्रि गर्ने कम्पनीबाट खरिद गर्ने हुनाले यसमा कुनै पनि दलालको शुल्क तथा अन्य कमिसन तिर्नु पर्दैन । जसले गर्दा शेयरको लागतपनि केहि मात्रमा कमि आउछ ।
४. नेप्सेबाट ठुलो संख्यामा शेयर किन्न खोज्दा लगानीकर्ताले सजिलै नपाउने हुनाले , लगानीकर्ताको लागि लिलामीमा चाहेको संख्यामा कुनै पनि कम्पनीको शेयर खरिद गर्ने मौकाको रुपमा रहन्छ
शेयरको लिलामी बिक्रिमा कसरी गर्ने लगानी ?
शेयरको लिलामी बिक्रिमा गर्ने लगानीको प्रक्रिया अहिले IPO शेयरमा दरखास्तका मध्यमबाट लगानी गरेझै हो । लिलामी शेयरको निस्काशन प्रबन्धकबाट दरखास्त फारम प्राप्त गरि नियमपुर्बक भरि लिलामीको सूचनामा उल्लेख गरिएको बैंक खातामा आबेदन गरिए बराबरको रकम जम्मा गर्ने वा गुड फोर पेमेन्ट चेक सहित दरखास्त फरक निस्काशन प्रबन्धकले तोकेको ठाउमा बुझाउनु पर्छ ।
पूर्व सूचनामा उल्लेख भएको दिन निस्काशन प्रबन्धकले सबै उपस्थित लगानीकर्ताको अगाडी दरखास्त फारम खोलि सबै भन्दा धेरै रकम बोलकबोल गर्ने लगानीकर्तालाई शेयर बिक्रि गर्दछ । यदि कुनै लगानीकर्तालाइ शेयर बिक्रि भएन वा आबेदन गरेको रकम बदी भएमा सूचना प्रकाशित गरि रकम फिर्ता गर्दछ ।
हेरौ आ.व २०७३।७४ मा अहिले (२०७४-२-२०) गते सम्म हकप्रद निस्काशन गर्दा साबिकका लगानीकर्ताले खरिद नगरेको शेयरहरुलाई लिलामीमा निकाल्दा न्युनतम कतिसम्म बोली लगाउने लगानीकर्ता शेयर पाए भनेर आज हामीले क्षेत्रगत आधारमा विश्लेषण गर्दैछौ । हामीले लिलामीका लागि आबेदन दिने अन्तिम दिनको बजार मूल्य र लिलामीमा शेयर बिक्रि भएको न्युनतम मूल्यबिचको अन्तरलाई नेप्सेमा सुचिकृत कम्पनी अनुसार क्षेत्रगत आधारमा विश्लेषण गरेका छौ ।
  • वाणिज्य बैंक :
    लिलामीमा वाणिज्य बैंकका अबितरित हकप्रद शेयरहरु अन्तिम बजार मूल्य भन्दा औषतमा ७ प्रतिशत कममा बिक्रि भएको देखिन्छ । कृषि बिकाश बैंकको ठुलो मात्रमा लिलामीमा निकालिएको र जनता बैंकको लिलामी खोल्दा मर्जरका कारणले कारोबार रोकिएको हुँदा बिक्रि भएको मूल्य थोरै देखिएको हो ।
    हेरौ अरु कुन कुन वाणिज्य बैंकको शेयर कति सस्तोमा पाए लगानीकर्ताले :
0_1498213859906_Commercial Bank (1).png
  • बिकास बैंक :
    बिकाश बैंकको लिलामीको शेयरमा लगानीकर्ताले औषतमा अन्तिम बजार मूल्य भन्दा १७ प्रतिशत कममा शेयर हात परेको देख्न सकिन्छ । तर केहि बिकाश बैंकहरु मर्जरको प्रकियामा रहेका कारणले लिलामी निकालिएको समयमा कारोबार नभएर अन्तिम बजार मूल्य लिदा मर्जर जानु आघिको अन्तिम बजार मूल्य लिएको हुदा बिक्रि हुदाको मूल्य भन्दा धेरै फरक देखिएको छ । हेरौ अरु कुन कुन बिकाश बैंकको शेयर कति सस्तोमा पाए लगानीकर्ताले :
0_1498213958720_Development Bank.png
  • फाईनान्स :
    अन्य वित्तीय संस्थाझैँ फाईनान्स कम्पनीहरुको पनि शेयर लिलामीमा आउदा अन्तिम दिनको बजार मूल्य भन्दा औषतमा ९ प्रतिशत कममा खरिद गर्न लगानीकर्ता सफल भएका छन् । वित्तिय अवस्था मजबुत भएका फाईनान्सको शेयर बजार मूल्य हाराहारीमै बिक्रि भएका छन् । हेरौ अरु कुन कुन फाईनान्सको शेयर कति सस्तोमा पाए लगानीकर्ताले :
    0_1498214070691_Finance.png
  • लघुवित्त :
    आ.व २०७३।७४ मा अहिले सम्म ४ ओटा लघुवित्तको शेयर लिलामीमा आएका छन् । जसमध्ये अधिकांश लघुवित्तको शेयर लिलामीमा बिक्रि भएको बेला नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुले लिने ब्याजमा अंकुश लगाउने हल्लाले गर्दा अन्तिम बजार मूल्य भन्दा धेरै कम मुल्यमा लिलामीमार्फत बिक्रि भएको देखिन्छ । हेरौ अरु कुन कुन लघुवित्तको शेयर बजार मुल्यभन्दा कति सस्तोमा लगानीकर्ताले पाएका रहेछन :
0_1498214121779_Microfinance (1).png
  • बीमा तथा जलबिद्युत :
    यस आर्थिक वर्षमा २ बीमा कम्पनीका शेयर लिलामी मार्फत बिक्रि भएकामा एनबि इन्सुरेन्सको शेयर लिलामीमा आपबादकै रुपमा बजार मूल्य भन्दा ६४८ प्रतिशत माथि बिक्रि भयो । उक्त कम्पनीको शेयर बजारमा कम मात्रामा उपलब्ध र कम्पनीको वित्तिय अवास्थापनि सुधारत्मक रहेकाले लगानीकर्ताले भविस्यलाई हेरी त्यति धेरै मूल्य हालेका थिए । नभन्दै उक्त कम्पनीको शेयर मूल्य अहिले धेरै माथि उकालो लागि सकेको छ ।
0_1498214201697_Insurance.png
त्यस्तै २ ओटा जलबिद्युत कम्पनीको सेयरपनि लिलामीमा बिक्रिमा आएकामा दुवै कम्पनीको शेयर अन्तिम बजार मूल्य भन्दा ९ प्रतिशत कममा खरिद गर्न लगानीकर्ता सफल भएका थिए ।
0_1498214213400_Hydropower.png

0 Comments