नेपाल टेलिकममा लगानी गर्दा कस्तो हुन्छ ? हेरौ तथ्यांक सहितको विश्लेषण

0_1499077866058_Presentation1.jpg
१ खर्ब हाराहारीको बजार पुँजीकरण रहेको नेपाल टेलिकम नेप्सेमा सुचिकृत कम्पनी मध्ये सबैभन्दा धेरै संख्यामा शेयर सुचिकृत गर्ने संस्था हो। नेपाल सरकारको अधिकांश लगानी रहेको यस संस्थाको बजार मूल्य स्थिर प्राय रहने गरेको छ।
कसको कति लगानी रहेको छ हेरौ :
0_1499077623377_onwership.png
आज हेरौ नेपाल टेलिकमको विभिन्न वित्तिय सुचकको विश्लेषण :
कम्पनीको वित्तिय अवस्था :
आधारभूत वित्तिय सूचकहरु हेर्दा नेपाल टेलिकमको एकदम बलियो वित्तिय अवस्था रहेको देखिन्छ। १५ अर्ब चुक्ता पूंजी रहेको यस कम्पनीको जगेडा कोष ७४ अर्ब भन्दा बदि छ। यसरी हेर्दा चुक्ता पूंजीको तुलनामा जगेडा कोष लगभग ५ गुणा हो। व्यवासाय विस्तारसंगै यसले आफ्नो आम्दानी र नाफा पनि वृद्धि गर्दै लागिरहेको छ।
नेपाल टेलिकमले माथिलो तामाकोशी जलबिद्युत कम्पनिमा ६ % र त्रिशुली जलबिद्युत कम्पनीमा ४३.५१ % संस्थापक लगानी गर्नुको साथै बैंकमा ४३.५१ अर्ब मौज्दात राखी बार्षिकरुपमा ३.४१ अर्ब ब्याज आम्दानी गर्ने गरेको आ.व २०७२/७३को बार्षिक प्रतिवेदनमा जनाएको छ।
हेरौ विगत ५ बर्षको विभिन्न वित्तिय सूचक साथमा यस आ.वको तेस्रो त्रैमासिकको प्रतिवेदन :
0_1499077477716_financial indicator.png
नेपाल टेलिकमको बजार मूल्य किन स्थिर प्राय हुन्छ ?
लगभग १.२७ अर्ब बारबरको शेयर सर्वसाधारणमा बिक्रि भइ नेप्सेमा कारोबारमा आएको भएता पनि यसको आधारभूत वित्तिय सूचकसंग तुलना गर्दा बजार मूल्य कम रहेको सजिलै अनुमान लगाउन सकिन्छ। यस वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार मूल्य आम्दानी अनुपात ६.२५ गुणा मात्र रहेको छ। लगानीकर्ताहरु बोनस शेयर र हकप्रदको पछाडी आकर्षित भैरहेको अहिलेको परिप्रेक्ष्यमा यस कम्पनीले हरेक वर्ष नगद लाभांश मात्र वितरण गर्दै आइरहेकोले पनि लगानीकर्ताको रोजाईमा यो शेयर नपरेको हुनसक्छ। साथै नेपाल टेलिकमले सर्वसाधारणलाई शेयर बिक्रि गर्दा न्यनुतम ६०१ भन्दा माथि बदाबादमा बिक्रि गरेकोले पनि लगानीकर्ताहरु यो शेयर बिक्रि गर्न त्यति उत्साहित नदेखिएका हुन सक्छ।
नेप्सेको उतारचढावसंगै नेपाल टेलिकमको बजार मुल्यमा भएको उतारचढाव हेरौ :
0_1499077499382_Price.png
नेपालमा दूरसञ्चार सेवाको विस्तार तिब्ररुपमा आग्जी बढेको छ। यसले हरेक साल बिश्वमा बिकाश भईरहेका नया नया प्रबधि भित्राउने क्रम जारी संगै रहेको छ। जसले गर्दा यसको बजार र आम्दानी दुवै वृद्धि भईरहेको छ।
हालसालै 4G संचालनमा ल्याएको छ। पुराना कर्मचारीलाई स्वछिक अवकास दिएर वाषिक रुपमा ६४ करोड बचत हुने तथ्यांक आ.व २०७२/७३ को वार्षिक प्रतिवेदनमा प्रस्तुत गरेको छ। जसले आगामी दिनमा अझ यसको आम्दानी बढ्ने देखिन्छ।
रणनीतिक साझेधार भित्राउने अन्तिम तयारी गर्दै गरेको छ। रणनीतिक साझेधारको आगमनले नेपाल टेलिकमले बजार र व्यवसायको नया उचाई छुने छ।
समग्रमा बिगत देखि हेर्दा नेप्सेमा आउने उतारचढावसंगै नेपाल टेलिकमको बजार मुल्यमा त्यति धेरै उतारचढाव देखिदैन। जसले गर्दा नेप्से ओरालो लाग्दा बजारमा अरु कम्पनीका शेयरमा धेरै उतारचढाव आएपनि यसको मूल्य र लाभंश दर स्थिर प्राय रहेको इतिहास रहेको छ जसले गर्दा लगानीकर्ता आफ्नो लगानीको केहि हिस्सा यसमापनि गर्दा राम्रो हुने देखिन्छ।

0 Comments