म्युचुअल फण्डले लगानीको लागि छानेको उत्कृष्ट पाँच कम्पनी

0_1499421352937_Presentation1.jpg
नेप्सेमा आउने उतारचढाव संगै लगानीकर्ता माझ अब आफ्नो लगानी कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुने गर्छ। बजारमा उपलब्ध लगानीका क्षेत्रहरू र त्यसमा अन्तर्निहित जोखिमको विश्लेषण गर्दै उच्चतम प्रतिफल र जोखिमबीच सन्तुलन कायम गर्दै लगानी गर्ने दक्षता सामुहिक लगानी कोष (म्युचुअल फण्ड)ले हासिल गरेका हुन्छन।
हाल नेप्सेमा सुचिकृत भई कारोबार गरिरहेका १० वटा म्युचुअल फण्डले ८.५ अर्बको कोष खडा गरी विभिन्न कम्पनीका शेयर तथा अन्य औजारमा लगानी गरिरहेका छन्। सर्बसाधारणको लगानीकर्ताको लगानीको सुरक्षामा ध्यान दिदै प्रतिफलको आँकलन र जोखिम कम गर्ने उपायहरु अधिक मात्रामा अबलम्बन गरिएको हुन्छ । यसबाट म्युचुअल फण्डले लगानी गरेका कम्पनी मध्येबाट आफ्नो उदेश्य अनुरुपको कम्पनी छनौट गर्न लगानीकर्तालाई सजिलो हुन्छ र कम्पनी छनौट गर्न खर्चनु पर्ने समय र लागत बचाउन सकिन्छ।
यसै परिप्रेक्ष्यमा आज हामीले नेप्सेमा सूचिकृत भई शेयर बजारमा सक्रिय रुपमा लगानी गरिरहेका १० वटा म्युचुअल फण्डहरुले जेष्ठ महिनामा प्रकशित गरेको मासिक प्रतिवेदनको अध्ययन गरेर म्युचुअल फण्डले आफ्नो लगानी कस्ता - कस्ता कम्पनीमा केन्द्रित गरेका छन् भन्ने हेर्न गईरहेका छौ। दोस्रो बजार पनि सुरक्षित छ भनेर लगानी गर्न खोज्नेहरुले म्युचुअल फण्डहरुको लगानी प्रबृत्ति पछ्याए केही फरक पर्दैन । बेला बेलामा कम्पनीहरुको अबस्थामा आउने फेरबदल हेरेर पोर्टफोलियो परिवर्तन चाँही गरिरहनुपर्छ, जुन म्युचुअल फण्डहरुले पनि गर्छन ।
हेरौ नेप्सेमा सूचिकृत १० वटा म्युचुअल फण्डले कसरी लगानी गरिरहेका छन् तलको चित्रबाट र जन्नौ :
  • म्युचुअल फण्डले धेरै लगानी गरेका उत्कृष्ट ५ कम्पनी र ति कम्पनीमा
    गरिएको कुल लगानी रकम
  • हरेक म्युचुअल फण्डले आफ्नो कुल सूचिकृत शेयर लगानी मध्ये उत्कृष्ट ५ कम्पनीमा गरेको लगानीको प्रतिशत कति छ ?
  • हरेक म्युचुअल फण्डले लगानी गरिएको सूचिकृत कम्पनीको संख्या
  • हरेक म्युचुअल फण्डको जेष्ठ मसान्त अनुसारको प्रति इकाई खुद सम्पति
१. ग्लोबल आईएमई समुन्नत योजना -१
0_1499421994279_GIMES1.png
२. एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड वान
0_1499422003637_NMBSF1.png
३. एनएमबी हाइब्रिड फण्ड एल वान
0_1499422028022_NMBHF1.png
४. एनआईबिएल समृद्धि फण्ड
0_1499422040678_NIBLSF1.png
५. एनआइबिएल प्रगति फण्ड
0_1499422070505_NIBLPF.png
६. सिद्धार्थ लगानी बृद्धि योजना - १
0_1499422264388_SIGS1.png
७. सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम
0_1499422139059_SEOS.png
८. नबिल ईक्वीटी फण्ड
0_1499422150642_NEF.png
९. नबिल ब्यालेन्स फण्ड
0_1499422171834_NBF1.png
१०. लक्ष्मी भ्यालु फण्ड १
0_1499422180949_LVF1.png
.............................................................................................................................................
यस बारेमा थप जिज्ञाशा भएमा तल कमेन्ट बक्समा लेख्नुहोला ।

0 Comments