बैंकले प्रदान गरेको लाभांशको समायोजित मूल्य अनुसारको मुल्यांकन (टेबल सहित)

0_1499857075547_cover.png
बैंक हरुले प्रतिशतमा बोनस शेयर दिएको पाईन्छ तर त्यो लाभासलाई बजार मूल्यमा परिवर्तन गर्दा कुन बैंकको प्रतिफल धेरै हुन्छ भन्ने कुरा कतै खोजिएको पाईन्न।
आव ७२/७३मा नेप्सेमा सुचिकृत सम्पूर्ण क वर्ग का वाणिज्य बैंक हरुले प्रदान गरेका लाभास लाई बुक क्लोजको समायोजित मूल्य अनुसार मुल्याकन गर्दा एभरेस्ट बैंकका लगानिकर्ताले सबै भन्दा धेरै समायोजित मुल्य अनुसार लाभास प्रतिफल प्राप्त गर्न सफल भएको पाइन्छ।
मुल्याकन विधि :
बुक क्लोज मिति अगाडी हरेक कम्पनीको १०० कित्ता शेयरलाई आधार लिएर बुक क्लोज मितिपछि बोनस प्रतिशतलाई समायोजित मूल्य अनुसार मुल्यांकन गरिएको छ।
उदहारणको लागि :
एभरेस्ट बैंकले आ.व २०७२/७३ सालमा ७० प्रतिशत लाभांश प्रदान गर्दा लगानीकर्ताले जम्मा ७० कित्ता बोनस शेयर प्राप्त गरे। उक्त ७० कित्ता शेयरलाई बुक क्लोजको दिनको समायोजित मूल्य रु १८७६ ले गुणना गर्दा लगानीकर्ताले समायोजित मूल्य अनुसार लाभास प्रतिफल रु १३१,३२० प्राप्त गरेका छन्।
हेरौ सम्पूर्ण बैंकको समायोजित मुल्य अनुसार लाभास प्रतिफल :
0_1499857009514_Dividend.png
[ पुकार भण्डारी र सुनिल साहुको सहयोगमा तयार गरिएको]

0 Comments