के हामीले हेर्ने गरेको बजारको तथ्यांक सही छ? नेप्सेको वेबसाइटले त केहि तथ्यांक गलत देखाउँछ ? कुन तथ्यांक हुन् ति ? प्रमाण सहित

0_1499929295782_cover.png
शेयर बजारमा कारोबार गर्ने मात्र नभई चासो राख्ने हरेक व्यक्तिले हरेकदिनको शेयर कारोबारको सूचना लिने आधिकारिक थलो भनेको नेप्सेको वेबसाइट नै हो । उक्त वेबसाइटमा हरेक दिनको कारोबारको तथ्यांक प्रत्यक्ष रुपमा हेर्दै लगानीकर्ताले आफ्नो लगानीको निर्णय लिरहेका हुन्छन । नेप्सेको आधिकारिक वेबसाइटमा राखिने हरेक तथ्यांक र सूचना लगानी निर्णय लिनेक्रममा एकदम महत्वपूर्ण एबम सम्बेदनशील हुने गर्छ । साथै यस्ता तथ्यांक तथा सूचनाहरू सम्बन्धित नीति निर्माताहरूलार्इ समेत यस बजारका लागि अवश्यक नीति नियम तयार गर्दा अवश्यक हुने गर्दछ । यति महत्वपूर्ण तथ्यांकलार्इ अधकारिक रूपमा वेबसाइटमार्फत प्रस्तुत गर्ने क्रममा नेप्सेले भने ठूलै लापरबाही गरेको स्पष्ट रुपमा देख्न सकिन्छ । आज हामीले यस लेखमार्फत नेप्सेले लापरवाहीपूर्वक वेबसाइटमा प्रस्तुत गरेको एक महत्वपूर्ण तथ्यांक जुन गलत छ त्यसको बारे चर्चा गर्दैछौ।
नेप्सेले सूचिकृत कम्पनीको शेयरलाई साधारणतया दुई भागमा वर्गीकरण गरेर सूचीकरण गर्ने गरेको छ । पहिलो प्रबर्धक शेयर (प्रमोटर शेयर) र अर्को साधारण शेयर । यसरी सूचीकरण गरेपछि सर्वसाधारणमा जारी गरिएका शेयर जुन नियमित रुपमा कारोबार गर्न सकिन्छ त्यस्ता शेयरको पुँजीकरणलार्इ मात्र लिएर नेप्सेले फ्लोट सूचक (Float Index ) तयार गरि यसको तथ्यांक वेबसाइट मार्फत प्रत्यक्ष रूपमा प्रस्तुत गरीरहेको हुन्छ । यस सूचकको गणना गर्ने क्रममा विभिन्न विधिबाट सर्वसाधारणमा जारी भएका शेयरको कारोबार मात्रै समावेश भएको हुन्छ । यसमा विभिन्न विधिबाट सर्वसाधारणमा जारी भएका बाहेक अन्य शेयरहरु जस्तै प्रमोटर शेयर र अग्राधिकार शेयर लगायतका शेयरको कारोबार समावेश भएको हुन्न ।
सैद्धान्तिकरुपमा हरेक दिनको कुल कारोबार रकममा त्यसदिन कारोबार भएका प्रमोटर शेयर तथा अग्राधिकार शेयरको कारोबार रकमलाई घटाउदा आउने रकमनै कुल फ्लोट कारोबार रकम हो। (Float Turnover = Total Turnover - Turnover of Promoter Share – Turnover of Preferential Share)
तर हरेकदिन हामी लगानीकर्ताले हेर्ने नेप्सेको आधिकारिक वेबसाइटमा भने नेप्सेको कारोबार रकम र फ्लोट कारोबार रकम एउटै आइरहेको छ । (हेर्नुहोस तल तस्वीरमा) यसको मतलब के हो? के हामीले हेर्ने नेप्से सूचक र अन्य सबै सूचकहरू गलत हुन्? हैनन् भने उक्त तथ्यांककै आधारमा बनाइएका सूचकहरू चैं कसरी सही हुन सक्छन्? अझ अगाडी बढेर हेर्ने हे भने नेप्सेको माथीपट्टी नेप्से सूचक आउने ठाउँमा (Market Summary) मा भने फेरी आर्कै तथ्यांक आइरहेको हुन्छ जुन चै फेरी पनि तल पट्टी आउने (Market Information) अन्तर्गतको तथ्यांकभन्दा फरक हुने गर्दछ ।
त्यस्तै (Market Information) मा "क" वर्गका कम्पनीको कारोबार गणना गर्ने सेन्सटिभ इन्डेक्सको कारोबार रकम र "क" वर्गका कम्पनीको फ्लोट कारोबारको मात्रै गणना गर्ने सूचक सेन्सेटिभ फ्लट इन्डेक्सको कारोबार रकम पनि एउटै आइरहेको छ । जुन कुनै दिन कुनै कारणले समान हुन पुगे पनि वास्तविक रूपमा फरक फरक हुनु पर्ने हुन्छ ।
बिगत एक हप्तादेखिको कारोबारको तथ्यांक सम्बन्धी तस्वीर हेरौ कसरी नेप्सेको आधिकारिक वेबसाइटमा माथि उल्लेख गरिएको तथ्यांक गलत रुपमा प्रस्तुत गरिएको छ ।
२०७४ आसार २८ गते बुधबार
0_1499928738961_asar 28 Wednesday.png
२०७४ आसार २७ गते मंगलबार
0_1499928757914_asar 27 tuesday.png
२०७४ आसार २६ गते सोमबार
0_1499928799817_asar 26 Monday.png
२०७४ आसार २५ गते आइतबार
0_1499928808474_asar 25 Sunday.png
२०७४ आसार २२ गते बिहिबार
0_1499928841404_asar 22 Thursday.png
२०७४ आसार २० गते मंगलबार
0_1499928850173_asar 20 tuesday.png
२०७४ आसार १९ गते सोमबार
0_1499928873591_asar 19 Monday.png
२०७४ आसार १८ गते आइतबार
0_1499928884543_asar 18 sunday.png
साथै हेरौ मोबाइल एप्पमा प्रस्तुत डाटा :
0_1499928900037_mobile version.png
यसरी हेर्दा हरेकदिन नेप्सेको Market Summary र Market Information को तथ्यांक बीच फरक रहेको देखिन्छ । यदि यही नै साँचाे हो भने Market Summary अन्तर्गतको दैनिक कारोबार रकममा देखिएको रकम मध्ये कति कति रकम कहाँकहाँ हराउँछ र Market Information मा रहेको नेप्सेमा देखिएको रकम बराबरको मात्रै बाँकी हुन आउँछ? यही तथ्यांकलार्इ विश्वास गर्ने हो भने कहीँ यही फ्लोट इन्डेक्सकै रकमको आधारमा नेप्सेको पनि गणना त हुने हैन?
सैद्धान्तिकरुपमा माथि उल्लेख गरिएझैँ हरेक दिनको कुल कारोबार रकममा त्यसदिन कारोबार भएका प्रमोटर शेयरको कुल कारोबार रकमलाई घटाउदा आउने रकम नै कुल फ्लोट कारोबार रकम हो।
मिति २०७४ आसार २७ गते सोमबारका दिन भएको कुल कारोबारलाई आधार लिएर फ्लोट कारोबार रकम निकाल्ने प्रयाश गर्यौ।
२०७४ असार २७ गते सोमबार कुल १४९ कम्पनीको शेयर कारोबार हुँदा ८ वटा प्रमोटर शेयरको कारोबार भएको थियो।
जसनुसार :
कुल कारोबार रकम : रु ९९६,३३०,४५४
कुल प्रमोटर शेयरको कारोबार रकम : ४४६,७०५,९५८
कुल फ्लोट कारोबार रकम : रु ५४९,६२४,४९६
यसरी हेर्दा नेप्सेले आफ्नो आधिकारिक वेबसाइटका माध्यमबाट लगानीकर्ताको लागि प्रस्तुत गरिरहेको तथ्यांकमा हरेक दिन कारोबार हुने प्रमोटर शेयरको कारोबार रकमलाई स्पष्ट रुपमा प्रस्तुत गरेको छैन। प्रमोटर शेयरको हुने कारोबार रकम र शेयर बजारमा सजिलै कारोबार हुने साधारण शेयरको कारोबार रकमलाई एउटै तथ्यांक प्रस्तुत गर्नु हदैसम्मको लापरवाही हो।
अहिलेको सुचनाको युगमा हरेक सामान्य लगानीकर्ताले सही सुचनाको आधारमा नै आफ्नो लगानी निर्णय लिईरहेको हुन्छ । तर नेप्सेले आफ्नो आधिकारिक वेबसाइटमा लापरवाहीपूर्वक यस्तरी गलत तथ्यांक प्रस्तुत गर्दा सामान्य लगानीकर्ताले मात्रै नभएर स्वयं नेप्से व्यवस्थापन, नियामक निकाय, अर्थमन्त्रालय एवं अन्य सरोकारवाला निकायले के आधारमा यस बजारका लागि आवश्यक हुन आउने नीति, नियम बनाउने बनाउने तथा कसरी यस्ता गलत तथ्यांकलाई आधिकारीक मानेर आवश्यक निर्णय लिने ?
*हामी सबै मिलेर यसलार्इ भाइरल बनाउँ र नेप्से व्यवस्थापनलार्इ पटक पटक घच्घच्याउँ । के थाह अब उप्रान्त उपरोक्त तथ्यांकहरू सच्चिएर प्रस्तुत हुन्छ कि?

0 Comments