कति पर्यो हिमालयन पावर पार्टनरको शेयर निस्काशनमा आबेदन ? कसरी होला बांडफांड ?

0_1497945076541_HPP Cover.jpg
लम्जुङ्ग जिल्लामा २७ मेगावाटको दोर्दी खोलामा आयोजना निर्माण गरिरहेको हिमालयन पावर पार्टनर लिमिटेडले असार १ गते देखि ५ गते सम्म जारी गरेको २१ लाख ३० हजार कित्ता शेयरको लागि सर्वसाधारणले न्युनतम ५० कित्ता देखि अधिकतम १० हजर कित्ता सम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
उक्त कम्पनीको आवेदन दिने अन्तिम दिनसम्म ४०.४३ गुणा बढी आवेदन परेको प्रारम्भिक तथ्यांक ग्लोबल आइएमई क्यापिटलले दिएको छ। अन्तिम दिन सम्म १ लाख ६० हजार हाराहारी आवेदकबाट ८.८ अर्ब बराबरको शेयर माग भएको छ।
हेरौ कति आवेदन पर्यो तलको तालिकाबाट :
0_1497945287406_HPP collection.png
[स्पष्ट चित्र हेर्नको लागी चित्रमा क्लिक गर्नु होला। ]
कसरी होला बांडफांड ?
केहि दिन अघिनै नेपाल धितोपत्र बोर्ड र ग्लोबल आइएमई क्यापिटलले यस निस्काशनको बांडफांडको निम्ति कुन नियम लागु हुने भनेर प्रस्ट परिसकेको छ। आवेदक संख्या २ लाख भन्दा कम भएकोले " धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४" को व्यवस्था अनुसार ३० दिन भित्र बांडफांड गरिसक्नु पर्छ। साथै आगामी श्रावण १ बाट धितोपत्र बांडफांडको निम्ति नंया नियम लागु हुने छ।
यस निस्काशनमा १ लाख ६० हजारले आवेदन गरेकाले अब बांडफांड आगामी श्रावण ४ भित्र बांडफांड गरिसक्नु पर्छ।
यदि २०७४ असार भित्र बांडफांड सम्पन भएमा पुरानो नियम लागु हुने छ। जसको मतलब अहिले चलिआएको ४० प्रतिशत साना लगानीकर्तालाई र बाकी ६० प्रतिशंत अन्य लगानीकर्तालाइ मिलाएर बांडफांड हुनेछ। तर श्रावण लागेपछि बांडफांड भए नंया नियम (" धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४") लागु भई सबै आवेदकले न्यनुतम १० कित्ता शेयर पाउने छन्।

0 Comments