कुन बीमा कम्पनीको बजार हिस्सा कति छ ? थाहा पाईराखौ

0_1497865301433_image.jpg
नेप्सेमा सुचिकृत कम्पनी मध्ये सबैभन्दा धेरै उतारचढाव आउने क्षेत्रको रुपमा बीमा क्षेत्र रहेको छ। केहि वर्षदेखि बीमा क्षेत्रका कम्पनीको मूल्य धेरै वृद्धि भएको छ। नेप्सेमा हालसम्म १५ ओटा निर्जीवन कम्पनि र ७ ओटा जीवन बीमा कम्पनि सुचिकृत भएका छन्। आज हामीले नेप्सेमा सुचिकृत बीमा कम्पनीले यस आ.वको तेस्रो त्रैमासिक वित्तिय प्रतिवेदन अनुसार कुल बीमा शुल्क आम्दानी र कुल कायम रहेको बीमालेखको संख्याको आधारमा बीमा कम्पनिहरुको बजार हिस्सा हेर्ने प्रयाश गरेका छौ।
निर्जीवन बीमा कम्पनी:
नेप्सेमा हाल १५ ओटा निर्जिवान बीमा कम्पनीहरु सुचिकृत रहेकाछन्। यी कम्पनीहरु मध्ये कुल बीमा शुल्क आम्दानीको आधारमा शिखर इन्सुरेन्सले १५ प्रतिशत बजार हिस्सा आफ्नो कायम गरेको छ। त्यस्तै कुल कायम रहेको बीमालेखको संख्याको आधारमा पनि शिखर इन्सुरेन्सनै आगाडी छ।
हेरौ अन्य निर्जीवन बीमा कम्पनिहरु मध्ये कुन कम्पनीको कति बजार हिस्सा छ :
0_1497864413291_NLI Premium.png
0_1497864434802_NLI Policy.png
जीवन बीमा कम्पनी :
नेप्सेमा हाल ७ ओटा जीवन बीमा कम्पनी सुचिकृत भई कारोबार गरिरहेका छन्। तर जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्सुरेन्सले अधिकांश बजार हिस्सा ओगटेर बसेको छ। केहि समय अघि बीमा समितिले नंया जीवन बीमा कम्पनीहरुलाई अनुमति दिइसकेको र आफ्नो कारोबार सुरु गर्ने अन्तिम तयारीमा रहेकाले अब भने जीवन बीमा कम्पनीको बज्ज़र हिस्साको समीकरणमा केहि फरक पर्न सक्छ।
हेरौ कुन जीवन बीमा कम्पनीको कति छ बजार हिस्सा :
0_1497864720348_LI Premium.png
0_1497864731699_li POLICY.png

0 Comments