कुन बैंकको बजार मूल्य वास्तविक किताबी मूल्य भन्दा कति बदि छ ?

alt text
कुनै पनि कम्पनीमा लगानी गर्नुअघि हरेक लगानीकर्ताले कम्पनीको वित्तिय अवस्थाका बारे अध्ययन गरेर लगानी गर्दा उचित प्रतिफल पाउन सक्छ। कम्पनीको वित्तिय अवस्था जान्नका निम्ति धेरै तरिकाहरु रही आएकाछन्। ति मध्ये सबैभन्दा सामान्य वित्तिय सूचकमा पी.बि रेसियो पर्ने गरेको छ। पी.बि रेसियो भन्नाले कुनै पनि कम्पनीको कारोबार भएको दिनको अन्तिम बजार मूल्यलाई अघिल्लो त्रैमासिकको प्रति सेयर किताबी मूल्यले भाग गर्दा आउने परिणाम हो।
पी.बि रेसियो = अन्तिम बजार मूल्य / प्रति सेयर किताबी मूल्य
पी.बि रेसियोले लगानीकर्ताले कुनैपनि कम्पनीको सेयर खरिद गर्दा कम्पनीको वास्तविक प्रतिसेयर मूल्य भन्दा कति धेरै पैसा तिरेको छ उक्त कम्पनीको प्रति सेयर खरिद गर्नलाई भन्ने देखाउछ। राम्रा कम्पनीका सेयरका लागि लगानीकर्ताले कम्पनीको वास्तविक प्रतिसेयर मूल्य भन्दा धेरै तिर्न पनि तयार हुन्छ। यसरि पी.बि रेसियोको मध्यमबाट आफुले लगानी गरेका कम्पनीको सेयरको लागि वास्तबिक मूल्य भन्दा कति धेरै तिरिरहेका छौ भन्ने बुझ्न सकिन्छ।
आज हामीले नेप्सेमा सुचिकृत भई हाल कारोबार भईरहेका क वर्गका बाणिज्य बैंकहरुको पी.बि रेसियोलाइ विश्लेषण गर्दै छौ।
१. पी.बि रेसियो ५ गुणा भन्दाबदी भएका बैंक :
0_1497780418578_Slide1.PNG
२. पी.बि रेसियो ३ गुणा भन्दाबदी भएका बैंक:
0_1497780443680_3 plus.png
३. पी.बि रेसियो ३ गुणा भन्दा कम भएका बैंक
0_1497780462697_3 less.png
समग्रमा हेर्दा नेप्सेमा सुचिकृत बैंकहरुको औषत पी.बि रेसियो ३.६४ रहेको छ। यसरी हेर्दा नेपालमा संचालित विदेशी लगानी भएका बैंकहरुको पी.बि रेसियो ५ गुणा भन्दाबदी देखिएको छ। यसले लगानीकर्ताहरु विदेशी लगानीका बैंकले भविष्यमा राम्रो प्रतिफल दिने आशा सहित अहिले वास्तविक किताबी मूल्य भन्दा धेरै तिर्न तयार देखिएको छ।
अर्को तर्फ अधिकांश बैंकको पी.बि रेसियो औषत भन्दा कम नै रहेको छ। पी.बि रेसियो धेरै हुँदा बैंकको सेयर मूल्य उचालिएको (overvalued ) र कम हुँदा लगानीयोग्य (undervalued) मान्ने चलन छ। तर कुनै पनि कम्पनीको क्षेत्रगत रुपको औषतलाई आधार मानेर हेर्दा लगानी निर्णय धेरै व्यावहारिक रहन्छ। *बैंकको क्षेत्रगत औषतलाई हेर्दा अधिकांश नेपाली लगानी भएका बैंकहरु लगानीका लागि योग्य रहेका देखाउछ।

0 Comments