नंया निर्देशिका अनुसार कसरी र कति दिनमा बांडफांड होला अब ?

0_1497516300369_JJJ.png
नेपाल धितोपत्र बोर्डले हालसालै जारी गरेको " धितोपत्र निस्काशन तथा बांडफांड निर्देशिका, २०७४ " ले धितोपत्र बांडफांडको निम्ति नँया व्यवस्था गरेको छ। जस अनुसार अब निस्काशन हुने हरेक IPO/ FPO मा आवेदकलाई सम्भब भएसम्म न्युनतम १० कित्ता सेयर दिनु पर्ने व्यवस्था गरेको छ। धितोपत्र बाँडफाँट गर्दा दश कित्ताका दरले सबै आवेदकहरूलाई बाँडफाँट गर्न अपुग हुने अवस्थामा न्यूनतम दश कित्ता पाउने गरी गोलाप्रथाबाट आवेदक छनौट गरी धितोपत्र बाँडफाँट गर्नु पर्नेछ ।
माथि उल्लेखित बांडफांड व्यवस्थाभने आगामी आ.व २०७४/७५ को साउन १ बाट मात्र लागु हुने छ। धितोपत्र निस्काशन तथा बांडफांड निर्देशिका, २०७४ को व्यवस्था अनुसार आस्बा बमोजिम दरखास्त दिनुपर्ने अनिवार्य व्यवस्था लागु भएको मिति देखि न्युनतम १० कित्ता दिनु पर्ने व्यवस्था शुरु गर्नु पर्नेछ ।
0_1497515366139_Screenshot_1.png
साथै "निस्काशन तथा बांडफांड निर्देशिका, २०७४" ले सार्वजनिक निष्काशनका लागि खुला गरिएको बिक्री बन्द भएपछि देहाय बमोजिम बाँडफाँट गर्नु पर्नेछ :
१.दुई लाखसम्म भए तीस दिन भित्र
२. दुई लाखदेखि तीन लाखसम्म भए चालीस दिन भित्र
३. तीन लाखदेखि माथि भए पचास दिन भित्र
0_1497515381031_Screenshot_2.png

0 Comments