चौथो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका १७ वटा बैंक मध्ये उत्कृष्ट १० वटा बैंकहरु

0_1502467639538_cover१.png
आर्थिक वर्ष समाप्त भएको पनि लगभग १ महिना हुन लागिसक्यो। नेप्सेमा सुचिकृत कम्पनिहरुले धमाधम गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्मको वित्तिय प्रतिवेदन प्रकाशित गर्ने क्रम जारि रहेको छ। आज (२०७४-०४-२८) सम्म नेप्सेमा सुचिकृत "क" वर्गका १७ वटा बैंकको चौथो त्रैमासिक प्रतिवेदनको आधारमा विभिन्न वित्तिय सूचकका आधारमा उत्कृष्ट १० वटा बैंकहरुको सूची तयार गरेका छौ र यो साप्तहिक छुट्टीको सदुपयोग गर्दै आगामी दिनमा आफ्नो लगानीको निर्णय लिनको लागि हजुरलाई सहयोग पुग्ने छ भन्ने आशा लिएका छौ ।
चुक्ता पूंजी :
बैंकहरुले यो वर्षको नाफालाई पूँजीकृत गरेर वा अन्य उपाय प्रयोग गरी अब आउने वार्षिक वित्तिय प्रतिवेदनमा चुक्ता पूंजी लाइओ राष्ट्र बैंकले दुई वर्ष अघिको मौद्रिक नीतिमा घोषणा गरेको आठ अर्ब पुर्याउनु पर्ने हुन्छ। अहिले सम्म केहि बैंकले उक्त लक्ष्य प्रप्त गरि सकेका छन् भने केहि यो साल बोनस शेयर वितरण गरेर पूंजी आठ अर्ब पुर्याउने तयारीमा छन्।
हेरौ कुन बैंकको चुक्ता पूँजी कति छ र अब कति पुंजी वृद्धि गर्नु पर्छ :
0_1502465253379_Capital.png
जगेडा कोष :
यो कोषको आकार जति ठुलो हुन्छ संस्थाको वित्तिय अवस्था मजबुत हुन्छ। बैंकहरुले जगेडा कोषको आकार चुक्ता पूंजीको दुई गुणा नभएसम्म आफुले कमाएको नाफाको २० प्रतिशत जगेडा कोषमा राख्नु पर्ने हुन्छ।
हेरौ चौथो त्रैमासिक प्रतिवेदन जगेडा कोष धेरै भएका १० बैंक :
0_1502465291606_Reserve.png
निक्षेप संकलन र कर्जा परिचालन :
बैंकको मुख्य कार्य नै ग्राहकबाट निक्षेप संकलन गर्नु र कर्जा परिचालन गर्नु। चौथो त्रैमासिक प्रतिवेदन अनुसार नबिल बैंक र ग्लोबल आइएमई बैंकले एक खर्बभन्दा धेरै निक्षेप संकलन गरि कर्जा परिचालन गरेका छन्।
हेरौ चौथो त्रैमासिक प्रतिवेदन धेरै निक्षेप संकलन गर्ने १० बैंक :
0_1502465322927_Deposit.png
हेरौ चौथो त्रैमासिक प्रतिवेदन धेरै कर्जा परिचालन गर्ने १० बैंक :
0_1502465360335_Loan.png
खुद ब्याज आम्दानी :
बैंकको प्रमुख आम्दानी भनेकै खुद ब्याज आम्दानी हो। जुन बैंकले धेरै ब्याज आम्दानी गर्छ त्यस बैंकले धेरै नाफा कमाउन सक्छ। सात अर्ब १० करोड खुद ब्याज आम्दानी गर्न सफल भई कृषि विकास बैंक पहिलो हुन सफल भएको छ।
हेरौ चौथो त्रैमासिक प्रतिवेदन धेरै खुद ब्याज आम्दानी गर्ने १० बैंक :
0_1502465373569_Net Interest income.png
खुद नाफा :
खुद ब्याज आम्दानी धेरै गरेपनि उच्च कर्मचारी खर्चका कारण कृषि विकास बैंकले नाफा जम्मा दुई अर्ब ७७ करोड मात्र गर्दा नबिल बैंकले खुद नाफा कमाउने कुरामा ३ अर्ब ६२ करोड कमाएर इतिहास रचेको छ।
हेरौ चौथो त्रैमासिक प्रतिवेदन धेरै खुद नाफा गर्ने १० बैंक :
0_1502465400617_net Profit.png
प्रति शेयर आम्दानी :
लगानीकर्ताले सामान्य रुपमा सजिलै बैंकको वित्तिय अवस्था हेर्न प्रति शेयर आम्दानी हेर्ने गरिन्छ। जसको प्रति शेयर आम्दानी धेरै हुन्छ त्यस्ता बैंकमा लगानी गर्नु उपयुक्त हुन्छ।
हेरौ प्रकाशित चौथो त्रैमासिक प्रतिवेदन अनुसार धेरै प्रति शेयर आम्दानी भएका १० बैंक :
0_1502465431271_EPS.png
मूल्य आम्दानी अनुपात :
जोकोहि लगानीकर्ताले निश्चित आम्दानी गर्न तिर्नुपर्ने लगानीको मूल्य जनाउने अनुपात नै मूल्य आम्दानी अनुपात हो। यो अनुपात कम भएको गर्न राम्रो हुन्छ। तर आफुले लगानी गर्ने कम्पनिको क्षेत्रगत मूल्य आम्दानी अनुपातका आधारमा कम्पनिको मूल्य आम्दानी अनुपातलाइ तुलना गर्दा कम मूल्य आम्दानी अनुपात भएका कम्पनिमा लगानी गर्दा उपयुक्त हुन्छ।
हेरौ प्रकाशित चौथो त्रैमासिक प्रतिवेदन अनुसार कम मूल्य आम्दानी अनुपात भएका १० बैंक :
0_1502465455781_PE.png
प्रति शेयर नेटवर्थ :
सकारात्मक र धेरै प्रति शेयर नेटवर्थ भएका कम्पनिमा लगानी गर्न उपयुक्त हुन्छ।
हेरौ प्रकाशित चौथो त्रैमासिक प्रतिवेदन अनुसार धेरै प्रति शेयर नेटवर्थ भएका १० बैंक :
0_1502465470402_Networth.png
अाशा छ यहाँहरूलार्इ केही मद्दत पुग्याे हाेला । अागामी दिनहरूमा थप प्रतिवेदन अाउँदै जाँदा हामी यसलार्इ पुनः परिमार्जन गर्दै जानेनै छाैं ।

0 Comments