लगानी गर्न कस्तो छ नबिल बैंक ? हेरौ पाँच वर्षको वित्तिय सूचकको ट्रेन्ड चित्र

0_1502110721294_COver.png
आर्थिक वर्ष समाप्त भएसंगै विभिन्न बैंक तथा वित्तिय संस्थाले आफ्नो त्रैमासिक वित्तिय प्रतिवेदन प्रस्तुत गर्न थालेका छन्। यसै परिप्रेक्ष्यमा केहि समय अघि बैंकिंग इतिहासमा अहिलेसम्मको धेरै खुद नाफा कमाएको वित्तिय प्रतिवेदन नबिल बैंकले प्रस्तुत गरेको छ। पूंजी वृद्धि संगै बैंकले आफ्नो व्यवसाय पनि वृद्धि गर्दै लागिरहेको छ र हरेक साल उत्क्रिष्ट नाफा कमाइरहेको छ।
विगत ५ वर्ष देखिको हरेक आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदन अनुसारको लेखापरिक्षण गरिएको तथ्यांक र गत आ.वको लेखापरिक्षण नगरिएको तथ्यांक सहित विश्लेषण गर्ने प्रयास गरेका छौ। हेरौ यसै नबिल बैंकको विगत ५ वर्ष देखिको प्रमुख वित्तिय सूचकको ट्रेन्ड चित्रको सहायताले :
चुक्ता पूंजी र जगेडा कोष :
नबिल बैंकले चुक्ता पूंजी र जगेडा कोषको आकारलाई संगसंगै वृद्धि गर्दै लागिरहेको छ। गत आ.वको प्रकशित वित्तिय प्रतिबेदन अनुसार यसको चुक्ता पूंजी भन्दा जगेडा कोषको आकार करिब २ अर्ब ८५ करोडले धेरै छ। हेरौ अन्य वर्षको तथ्यांक ट्रेन्ड चित्रमा :
0_1502108835610_Capital.png
निक्षेप र कर्जा :
विगत देखिनै यस बैंकले निरन्तर रुपमा निक्षेप संकलन र कर्जा बिस्तार गर्दै गईरहेको छ। हेरौ अन्य वर्षको तथ्यांक ट्रेन्ड चित्रमा :
0_1502108856580_Deposit.png
खुद ब्याज आम्दानी र खुद नाफा :
निरन्तर रुपमा बैंकले खुद ब्याज आम्दानी बदाउदै लग्दा यस बैंकको खुद नाफापनि तेही अनुपातमा वृद्धि हुदै गईरहेको छ। गत आ.वको चौथो त्रैमासिक भन्दा यस आ.वको खुद ब्याज आम्दानी १ अर्ब भन्दा बदिले वृद्धि गर्दा खुद नाफा पनि ८१ करोड भन्दा बदिले वृद्धि गर्दै आफुलाई अन्य समकालीन बैंकहरु भन्दा अबल साबित गर्न सफल भएको छ।
0_1502108874401_Interest Income.png
प्रति शेयर आम्दानी :
बैंकको चुक्ता पूंजी वृद्धि हुदै गर्दै यसको प्रति शेयर आम्दानी ओरालो लागेको देख्न सकिन्छ। तर बैंकले आफ्नो व्यवासय वृद्धि गर्दै विगत ३ वर्ष देखि प्रति शेयर आम्दानीलाई सन्तुलनमा राख्न सफल हुनुलाई बैंक व्यवस्थापनको सफलताको रुपमा लिनु पर्दछ।
0_1502108888896_EPS.png
मूल्य आम्दानी अनुपात :
यस बैंकको शेयरको मूल्य दोस्रो बजारमा आउने उतारचादावसंगै यस मुल्यमा परिवर्तन हुदा मूल्य आम्दानी अनुपातमा पनि उतारचादाव देख्न सकिन्छ। केहि वर्ष अघि राष्ट्र बैंकले एकैपटक बैंकको चुक्ता पूंजी ४ गुना वृद्धि गर्ने निर्णय गरेसंगै बैंक शेयरको मूल्य विभिन्न कारण जस्तै मूल्य समायोजन, लगानीकर्ता हकप्रद प्रदान गर्ने संस्थाको शेयरमा आकर्षित हुँदा यस बैंकको मूल्यमा पनि उतारचदाव आएकोले यसको मूल्य आम्दानी अनुपातमा उतारचदाव देख्न सकिन्छ।
0_1502108905230_PE.png
प्रति शेयर नेटवर्थ:
पूंजी वृद्धि संगै शेयर संख्यामा आएको परिवर्तनले बैंकको प्रतिशेयर नेटवर्थमा सामान्य उतारचदाव देख्न सकिन्छ।
0_1502108920251_Networth.png
अन्तिम बजार मूल्य :
केहि वर्ष अघि राष्ट्र बैंकले एकैपटक बैंकको चुक्ता पूंजी ४ गुना वृद्धि गर्ने निर्णय गरेसंगै बैंक शेयरको मूल्य विभिन्न कारण जस्तै मूल्य समायोजन, लगानीकर्ता हकप्रद प्रदान गर्ने संस्थाको शेयरमा आकर्षित हुँदा यस बैंकको मूल्यमा पनि उतारचदाव आएको देख्न सकिन्छ।
0_1502109013561_Market Price.png
समग्रमा, निरन्तर रुपमा व्यवसाय वृद्धि गर्दै गईरहेको र लगानीकर्तालाई पनि उत्कृष्ट नाफा वितरण गर्दै गईरहेको यस बैंकमा लगानी गर्ने लगानीकर्ताले राम्रो प्रतिफल हासिल गर्न सक्ने देखिन्छ ।

0 Comments