नेपालको पूँजी बजारको वर्तमान अवस्थाको सम्बन्धमा शेयर बजारका अनुभवी लगानीकर्ताहरु संग प्रत्यक्ष संवाद गरौ आज

0_1502959897826_New cover.png
नेपाली पूँजी बजारमा सरोकार राख्ने सबैलाई सूचनामा समान पहुँच भन्ने उदेश्यका साथ सुरुवात गरिएको धितोपत्र डट कमले आफ्नो सुरुवातदेखि नेपाली पूँजी बजारमा नयाँ नयाँ प्रयोग गर्दै आइरहेको छ। यसै परिप्रेक्ष्यमा केहि समयअघि आफ्नो साईटमा समग्र लगानीकर्ताहरूलार्इ एकैठाउँमा राखेर विभिन्न विषयमा प्रत्क्ष्य कुराकानी गर्न मिल्ने गरी च्याट सुविधा थप गरेको थियो। जुन सुबिधाको धेरै नवप्रवेशी लगानीकर्ताहरुले लाभ उठाईरहनु भएको छ।
यस च्याट सुविधाको प्रयोग गरी हामीले गत साताबाट साप्तहिक शेयर संवादको शृंखला सुरुवात गरेका थियौ। उक्त शेयर संवादको शृंखलामा धेरै लगानीकर्ता साथीको उत्साहजनक सहभागिताले गर्दा हामीले अब देखि प्रत्येक बिहिबार दिनको ३ बजे देखि ४ बजे सम्म साप्तहिक रुपमा उक्त शेयर संवाद शृंखलालाई निरन्तरता दिने अठोट लिएका छौ।
लगानीकर्ताहरूले धितोपत्र डट कमको च्याटमा अाफुले रजिस्टर भएर वा नभइकन गेष्टकाे रूपमा समेत लगईन गरेर कुराकानी गर्न मिल्ने सुविधा यस च्याट बक्समा रहेकाे छ । अाशा छ साप्तहिक शेयर संवादको शृंखलाबाट नयाँ सिक्दै गर्नुभएका लगानीकर्ताहरू देखि विज्ञ तथा अनुभवी सबैलार्इ फाइदा पुग्ने छ ।
आउनुहोस् गरौ संवाद ! साप्तहिक शेयर संवादको शृंखलामा सहभागी हौँ
0_1502950742301_final.png
लगईन वा रजिस्टर गर्न यहाँ क्लिक गर्नु होला !

0 Comments