नेपालमा संचालित विभिन्न सामुहिक लगानीकोषका योजनामा गरिएको लगानीबाट प्राप्त प्रतिफलको लेखाजोखा

0_1511532748325_Mutual Fund Return History Cover Image.png
0_1511532764387_सामुहिक लगानी काेषकाे परिचय.png
सर्वसाधारणसंग छरिएर रहेको सानो सानो पूँजीलाई एककृत गरी बजारमा उपलब्ध लगानीका बिबिध क्षेत्रहरुमा धितोपत्र बोर्डले जारी गरेको नियमभित्र रही जोखिमको विश्लेषण गर्दै उच्चतम प्रतिफल आर्जनको उदेश्य सहित लगानी गर्नका लागि स्थापित भएकाे संस्थालाई सामुहिक लगानीकोष भन्ने गरिन्छ। यस्ता सामुहिक लगानीकोषले विभिन्न योजना संचालन गर्ने गर्दछन। दक्ष जनशक्ति र नंया प्रविधिको प्रयोग गर्दै अनुसन्धान गरी जोखिमको उचित मुल्याकन गरि लगानी गर्ने हुँदा यस्ता सामुहिक लगानी कोषका योजनामा गरिएका लगानीले कम जोखिम सहित राम्रो प्रतिफल पर्दान गर्ने गर्दछन् ।
0_1511532817503_नेपालमा सामुहिक लगानीकोषको अवस्था.png
नेपालमा सामुहिक लगानी कोषको सुरुवात एनसिएम म्युचुअल फण्ड जारी भएसंगै सामुहिक लगानी काेषकाे सुरुवात भएतापनि त्यसपछि लामाे समयमा थप कुनैपनि त्यस्ता योजनाहरु संचालनमा आएनन। वि.स. २०६५ देखिको २०६८ बीच नेपालको पूँजी बजारमा देखिएको गिरावटसंगै बजारमा चरम निराशाकाे अवस्था सिर्जना हुनपुग्यो। त्यसपछि नियामक निकाय धिताेपत्र बाेर्डबाट "सामुहिक लगानी कोष नियमावली -२०६७ " जारी गरी विभिन्न नीतिगत व्यवस्था र विशेष सुबिधा सहित पूँजी बजारमा प्रवेश गर्ने वातावरण सिर्जना भएपश्चात पुनः विभिन्न सामुहिक लगानी कोषहरुले विभिन्न नाम र समय अवधिका योजनाहरु संचालन गर्न थालेकाछन। "सामुहिक लगानी कोष नियमवाली -२०६७" जारी भएपछि संचालनमा आउने पहिलो सामुहिक लगानी कोष सिद्धार्थ लगानी बृद्धि योजना-१ रहेको छ।
0_1511532859187_No. of Mutual fund and their scheme infographics.png
हाल विभिन्न मर्चेन्ट बैंकिंग अन्तर्गत रहेर ९ वटा सामुहिक लगानीकोषका ११ वटा योजनाहरु सञ्चालनमा अाउनुका साथै नेप्सेमा सुचिकृत भई कारोबार भइरहेकाछन् । हाल संचालनमा रहेका सम्पूर्ण सामुहिक लगानीकोषका योजनाहरुको सम्पूर्ण विवरण तलको टेबलमा प्रस्तुत गरिएको छ।
0_1511532883325_Mutual Fund Currently Operating List.png
0_1511532904816_सामुहिक लगानीकोषले लगानी गर्ने क्षेत्रहरु.png
हाल जे जति सामुहिक लगानी कोषका योजना संचालनमा छन् वा निकट भविष्यमा संचालनको तयारीमा छन् ती सबैले धितोपत्र बोर्डको प्रत्यक्ष नियमनमा रही स्वीकृत क्षेत्रहरु जस्तै सेयर बजार, डिबेन्चर, सरकारी ऋणपत्र, मुद्दती निक्षेप तथा अन्य स्वीकृत क्षेत्रमा लगानी गर्नेछन्।
0_1511532934112_सामुहिक लगानीकोषमा लगानी र प्रतिफल.png
शेयर बजारमा गरिने लगानीको जोखिमको उचित व्यवस्थापन गर्दै उचित प्रतिफल प्रदान गर्ने उदेश्यका साथ यी सामुहिक लगानीकोषको स्थापना भएका हुन्छन। सामुहिक लगानीकोषका योजनाले दुई किसिमले आफ्ना लगानीकर्तालाई प्रतिफल प्रदान गर्ने गर्दछ। पहिलो वार्षिकरुपमा कमाएको मुनाफाबाट नगद लाभांश वितरण गर्दछ। त्यस्तै लगानीकर्ताले आफुसंग भएको ईकाईमा प्राप्त हुने पूँजीगत लाभ अर्को एउटा महत्वपूर्ण प्रतिफल हो जसको आधारमा दोस्रो बजारमा उक्त ईकाईहरु बिक्रि गरि मुनाफा आर्जन गर्न सक्छन।
नेप्सेमा सुचिकृत सामुहिक लगानीकोषका विभिन्न योजनाहरु मध्ये हालसम्म ६ वटा योजनाले आर्जित मुनाफाबाट आफ्ना ईकाईधनीलाई लाभांश वितरण गरेकाछन्। विगत ५ वर्षमा उक्त योजनाहरुले वितरण गरेको लाभंशको विवरण यस प्रकार छ :
0_1511532978579_Mutual Fund Dividend History.png
अब केहि समयपछि अवधि समाप्त हुन लागेको सिद्धार्थ लगानी वृद्धि योजना-१ लाई आधार लिएर त्यसले प्रदान गरेको प्रतिफल र बैंकमा राख्दा बीचको प्रतिफलको एउटा तुलानात्मक विश्लेषण गरेर हेरौ ।
उदाहरणको लागी दुई जना मिल्ने साथीहरु मध्ये रामले आफुसंग भएको दश हजार (१०,०००) रुपैया लगेर बैंकमा ८ प्रतिशत ब्याज आउने गरी २०६९ मंसिरमा राख्यो। त्यति नै बेला श्यामले आफुसंग भएको दश हजार (१०,०००) रुपैया लगेर सिद्धार्थ लगानी वृद्धि योजना-१ को १,००० वटा ईकाई खरिद गरेका थिए।
अब उनीहरु दुबैले लगानी गरेको ५ वर्ष पुग्यो र हेरौ दुवै मिल्ने साथीहरुले के कति प्रतिफल कमाए यो अवधिमा :
0_1511533081351_Comparsion of Return of Mutal Fund and Bank Interest Rate.png
माथिको विश्लेशणात्मक टेबलमा देखे झैँ रामले यो अवधिमा जम्मा ३३४५ रुपिया ब्याज बापत कमाएको छ भने यसै अवधिमा श्यामले नगद लाभांश बापत १२,४५० रुपैया प्राप्त गर्नुका साथै हालको बजार मूल्य अनुसार श्यामले थप २११०० रुपियाँ पूँजीगत लाभ प्राप्त गरेकाछन ।
यसरी हेर्दा सहि लगानीको निर्णय गर्दा श्यामले आफ्नो साथीले भन्दा धेरै प्रतिफल पाउन सफल भएको देखिन्छ। रामले आफ्नो लगानीको जम्मा ३३ दशमलव ४५ प्रतिशत खुद मुनाफा प्राप्त गर्दा संगैको साथीले प्राप्त पूँजीगत लाभलाई पनि हिसाब गर्दा २३५ दशमलव ५० प्रतिशत खुद मुनाफा हासिल गर्न सफल भएको देखिन्छ।
माथि श्यामले झैँ अन्य कोही लगानीकर्ताले अन्य सामुहिक लगानी कोष योजनाका इकाईहरु खरिद गर्नु भएको भए उहाहरुले हालसम्म पाउनु भएको नगद लाभंश र हालको मूल्य अनुसार पूँजीगत लाभलाई समेत हिसाब गर्दा प्राप्त गर्नु हुने खुद मुनाफा तलको विश्लेशणात्मक टेबलमा हेरौ:
0_1511533198277_All Return percentage.png
माथि उल्लेखित विश्लेषण र तथ्यांकहरु सबैलाई समग्रमा हेर्दा सामुहिक लगानीकोषका योजनामा गरिएका लगानीले कम जोखिमसहित उच्च प्रतिफल प्रदान गरेको स्पष्ट हुन्छ। छोटो समयको लगानी गरेर धेरै प्रतिफल आशा गर्ने लगानीकर्तालाई भन्दा लामो समयका लगानी गर्ने लगानीकर्ताको लागि सामुहिक लगानीकोषहरु उत्तम विकल्पका रुपमा रहेका देखिन्छन । साथै सामहिक लगनीकोषमा गरिने लगानीद्वरा आफ्नो लगानीको विविधिकरणका गर्नसक्नूका साथै जोखिम व्यवस्थापनका सजिलै गर्न सकिने देखिन्छ। अत: हरेक लगानीकर्ताले आफ्नो लगानीको केहि हिस्सा सामुहिक लगानीकोषमा लगानी गर्दा दिर्घकलानीरुपमा राम्रो प्रतिफल आर्जन गर्न सकिने देखिन्छ।

1 Comments

  1. Best No Deposit Bonus Codes in India - Herzamanindir.com
    5 steps1.Visit the official website of No Deposit India.
    Benefits https://jancasino.com/review/merit-casino/ of using a no deposit bonus.
    Benefits of using https://septcasino.com/review/merit-casino/ a novcasino no deposit bonus.
    Benefits of using a no deposit bonus.
    Online Sincere Accessory herzamanindir domain 1xbet login www.online-bookmakers.info

    ReplyDelete