कुन कम्पनीको बोनस शेयर प्राप्त गर्न शेयरधनी स्वयम कर तिर्नु पर्छ ?

0_1501152688495_Slide1.PNG
धेरै कम्पनीका शेयरधनीलाई आफ्नो हिताग्राही खातामा कम्पनीले घोषणा गरेको बोनस शेयर खातामा नआएर हैरान हुनुहुन्छ होला। अधिकांश कम्पनीले बोनस शेयर प्रदान गर्दा शेयरधनीको सजिलोको लागि कर प्रयोजनका लागि नगद लाभंशपनि संगै प्रदान गर्ने चलन छ। तर कतिपय कम्पनीले कर बापतको रकम शेयरधनी स्वयमलाई तिर्न लगाउने गर्छन ।
बोनस शेयर बापतको सिर्जना भएको करको दायित्व चुक्ता गर्ने रकम सम्बन्धित कम्पनीले उल्लेख गरेको खातामा जम्मा नभईकन शेयरधनीले बोनस शेयर आफ्नो खातामा प्राप्त गर्न सक्दैन।
आ.व २०७२/७३मा बोनस शेयर घोषणा गरी कर बापतको रकम जम्मा गर्नु भनि सूचना प्रकाशित गरेका कम्पनीहरु यी हुन् :
0_1501151948931_bonus tax file.png
यदि माथि तालिकामा भएका कम्पनीका शेयर माथि उल्लेखित मिति पछि खरिद गर्नु भएको छ भने सम्बन्धित शेयर रजिष्टारको कार्यालयमा सम्पर्क राखी कर बापतको रकम जम्मा गर्नु होला ।

0 Comments